अरे यर

Motiram Bista Rnm

म भाबी होइन यर तिम्रो भाग्य फेर्न लाई
के देखाउछौ रमिता समय छैन हेर्न लाई

हिजो सम्म रमाउदै थिए एक्लै दुनियामा
तिमी आएउ मेरो सामु चित्र केर्न लाई

बाकी ....

#अन्य


गजल

तिम्रो मन को राजा

प्रतेक छल्क्पनी बोटल रक्सी हुँदैन,

प्रतेक फुलेको फुल गुलाब हुँदैन,

चाहे भने ताज महल त म पनि बनाउठे,

तर प्रतेक केटी मुम्ताज हुँदैन ।



add
तिम्रो मन को राजा

#माया / प्रेम


दृष्टिबिहिन बाको

सानु कार्की

गजल
दृष्टिबिहिन बाको जिबनमा अँध्यारो थमायो।
छोराले यसरी पनि आफुलाइ दानी देखायो।।

उसले द्रन्दको सुरवात गर्दै छ यसरी
चोकचोकमा उभिएका सालिक पल्टायो।।

बलवान पनि हारेका छन् कम्जोरको अगाडी
लिन सकिन्छ उदाहरण कछुवा र खरायो।।

बनाउनेले  पनि  यसरी  बनाइ दियो  यार
तिमीलाई सुन्दर बनायो मलाई कुरुप बनायो।।

अब यो ज्यान बगाउनेको मात्र अभाब छ
बा आमा र खेत बारी त बाढीले बगायो।।

सानु कार्की
धनकुटा

#अन्य


दःख

Shiva Poudel

लेखेको हुदो रहेछ याह देखेको हुदैन

#बिछोड


18-अानन्दित भै बाँच्ने रहर

Ramesh Devkota

अानन्दित भै बाँच्ने रहर कसलाई हुन्न हाेला!
जीवनभरी नै हाँस्ने रहर कसलाई हुन्न हाेला!!

अध्यारो जिन्दगीमा अब उज्यालो अाएपछि,
सायद उफ्रिदै नाँच्ने रहर कसलाई हुन्न हाेला!

धेरै समय त अन्याेलमा बित्छ हाम्रो जीवन,
ख्रीष्टमा नाता गाँस्ने रहर कसलाई हुन्न हाेला!

संसारमा तिरस्कृत भै हेपिएकाे त्याे जीवन,
भन ख्रीष्टमा साँच्ने रहर कसलाई हुन्न हाेला!

परमेश्वरकाे वचन अात्मिकि भाेजन मार्फत,
यहाँ जीवन जाँच्ने रहर कसलाई हुन्न हाेला!

#अन्य


रंगीन महफिल

बिगतकोपलमा जिउनेआधार

"रंगिन महफिल कहिले पनि उदास हुन्न प्रेमको गन्तव्य धेरै नजिक हुन्न कहिलेकाही यस्तो पनि हुने गर्छ जिन्दगीमा पाइहाल्छ त्यो चीज जसको खोजी पनि हुन्न"

#अन्य


बाको फोटोमा

सानु कार्की

गजल
बाको फोटोमा श्रद्धाञ्जली लेखेका पत्रिका देखेर।
ढले थें आमाको आँखामा आँसुका ढिका देखेर।।

यसकारण व्यापारी प्रती म आक्रोशित भएको हुँ
हामीले खाने चामलमा ढुङ्गा र कनिका देखेर।।

जुन र तिमीलाई दाज्ने गर्छु राखेर एकै ठाँउ
छ्क्क पर्छु तिम्रो अगाडि जून फिका देखेर।।

छोराले अहिले सम्म बिहे गर्न मान्दै मानेन
दिनहुुँ झगडा आफ्नै काका काकीका देखेर।।

पत्थर मात्र मुस्कुराउन्न बसेर मन्दिरमा
सानू पनि मुस्कुराउछ आफ्नी प्रेमिका देखेर।।

सानु कार्की
धनकुटा

#अन्य


सम्बन्ध

Rajesh Rajbanshi

हातमा मेहेन्दी तिम्रो सिउदोमा सिन्दुर
जुनि जुनि साथ हुन्छौ,हुदैनौ अब दुर

#माया / प्रेम


गजल के हाे???

Ramesh Devkota

गजल अनि कविता लेखियाे गजल कुञ्जमा
हरेक थरिका साहित्य देखियाे गजल कुञ्जमा

गजलकाे अर्थ मैले अाफ्नै तरिकाले दिनेगर्छु
त्यसैकारण त पाइला टेकियाे गजल कुञ्जमा

गहन विचार जटिल यात्रा पुगिन्छ जाे लक्ष्यमा
यस्तै विचार भएका भेटियाे गजल कुञ्जमा

गजल भन्ने शब्द नै अाफैमा छ अति सुन्दर ,
तर याे शब्दकाे घाँटी रेटियाे गजल कुञ्जमा

गजल अनि कविता लेखियाे गजल कुञ्जमा
हरेक थरिका साहित्य देखियाे गजल कुञ्जमा

#अन्य


17-लाउछन भने नानाथरी

Ramesh Devkota

लाउछन भने नानाथरी अाराेप लाऊन देऊ!
तर मलाई सधैं ख्रीष्टको महिमा गाऊन देऊ!!

घरिघरि यसरी मेराे बाटाे छेक्न नखाेज है,
मलाई ख्रीष्टको राज्यमा नित्य आऊन देऊ!

ख्रीष्ट बिना अब म एक पल बाच्न सक्दिन,
ख्रीष्टको प्रेम याे जीवनमा अब छाऊन देऊ!

म पनि त अब ख्रीष्टमा परिवर्तित हुनुपर्छ,
त्यसैकारण मलाई विश्वास पुर्ण पाऊन देऊ!

लाउछन भने नानाथरी अाराेप लाऊन देऊ!
तर मलाई सधैं ख्रीष्टको महिमा गाऊन देऊ!!

#अन्य


अभागी दुखी छु

Maan Bc Maanbk

म गरिब छु म दुखी छु
कहिले पनि नछाड्ने छु

#अन्य


16-यस्तो गजल बन्याे

Ramesh Devkota

झट्ट सुन्दा हेर उस्तै शब्द अाए गजल बन्यो!
दुईचार शब्द बाेल्दै मुख बाए गजल बन्यो!!

भावना बुझेको छैन एकतर्फी माया गर्‍यो,
फेरि भन्छ मनमनै माया लाए गजल बन्यो!

दुई जाेडी डेटिङ जान्छन भावना साट्न,
सँगै बसी एकै ठाउँमा खाए गजल बन्यो!

एकाएक हेर कल्पनामा दुबै डुबि रहन्छन्
कल्पन मै हेर एउटा गित गाए गजल बन्यो!

मेरी मुटु मेराे धड्कन भन्ने गर्छन् हेर यहाँ,
त्यै मायामा फेरि धाेका पाए गजल बन्याे!

झट्ट सुन्दा हेर उस्तै शब्द अाए गजल बन्यो!
दुईचार शब्द बाेल्दै मुख बाए गजल बन्यो!!

#अन्य


15-जीवनको सहि अर्थ

Ramesh Devkota

याे संसारमा मानिस जब पिरमा हुन्छन् !
हेर शान्ति खोज्दै हरेक मन्दिरमा हुन्छन् !!

भाैतारिन्छन यताउता अन्धविश्वासमा,
त्यहि समय त मानिस जंजीरमा हुन्छन् !

अन्धकारले भरिएको संसारमा हेर है,
लाेभ,लालच, कुविचार शरीरमा हुन्छन् !

मैले त बुझ्न सकिन खै किन मानिसहरु,
जीवनकाे अर्थ खाेज्दै तक्दिरमा हुन्छन् !

उस्ले मात्र बुझ्ने छ जीवनकाे सहि अर्थ,
जाे ख्रीष्टमा बिश्वास गरि स्थिरमा हुन्छन् !

#अन्य


मेरि छोरी ।

Unique Ajaya

Wow
मेरि छोरी मेरो लागि कति खास छ
भबिस्यकि भरोसा बिश्वास अनि आस छ
आँखामा राख्दा नि नबिझाउने नानी जस्तै उनी
मन मुटु अनि कलेजीमा उनैको बास छ
उनी छिन र त म छु
उनकै लागि अल्जिएका ढुकढुकी सास छ
wow मेरि छोरी मेरो लागि कति खास छ

#अन्य



यात्रि।।।।।।

Rukesh Chaulagain

यात्रि।।
हुँ म एक यात्रि संघर्षि
यात्रापथ अनगिन्ती ।
हजार जंघार पार गरि
छेकवार ती कतिकति ।।

सतहि सद्भाव प्रगाढ छ माया
शीत का थोपा झै निश्चिल ।
हिउँ झै स्वच्छ ,
मन्द छ नि कति सुन्दर ।।

विश्रामविन्दु साथ लिई
थकाइपन दुर सारी ।
वादलुको छाया मुनि
छहारि छ उपकारी ।।

प्रकृति छ अनुपम
सुरम्य छ अपार ।
लहरि झै लहराउदै
अानन्द छ अपार ।।
रुस

#अन्य


गजल

Rukesh Chaulagain

-----गजल----- फिल्टर पानि पिउछु आमा खोलि भेटिएन । चिट् को साडि मखमलि चोलि भेटिएन ।। गाउझै जसो चिसो मिठ‍ो हावा छैन आमा । बिहान बेलुका कोइलि को बोली भेटिएन ।। भौतिक छैन कृर्तिम ती आशाका थाकहरु मनको ईच्छा पूरा गर्ने झोलि भेटिएन ।। वस्तु जसै मानिस पनि निर्जीव बनिदिंदा । चट्ट पार्ने अौषधि को ग‍ोलि भेटिएन ।। टाढिएका मन संगै खुम्चियका रहरले । खुसि साट्ने रोधिघर को मझेरि भेटिएन ।। सपनि का तानमा तुनियका ईच्छाहरु युगिन त्यो भविष्यको भोलि भेटिएन ।। आज बुझे शहर सोचे जति सहज छैन । छितिज वारि कंहि कतै उज्येलि भेटिएन ।।

#अन्य


मुतक

Sangit Limbu

तिता मिठा बात दिए म पर्देसिदै छु ।
हिजो त साथमै थिए म पर्देसिदै छु ।
आत्तिएर कहालिन्छ झस्किन्छ मन ,
सबै सबै घर फर्किए म पर्देसिदै छु ।

#अन्य



माया

तिम्रो मन को राजा

काडा को बदला फुल के दिन्छौ । । ।

आशु को बदला खुशी के दिन्छौ…

म चाहन्छु कि तिमी सँग जिवनभर को दोस्ती । । ।

मेरो यो सायरिको जवाफ के दिन्छौ ?

#माया / प्रेम