Ramesh Devkota

15-जीवनको सहि अर्थ


याे संसारमा मानिस जब पिरमा हुन्छन् !
हेर शान्ति खोज्दै हरेक मन्दिरमा हुन्छन् !!

भाैतारिन्छन यताउता अन्धविश्वासमा,
त्यहि समय त मानिस जंजीरमा हुन्छन् !

अन्धकारले भरिएको संसारमा हेर है,
लाेभ,लालच, कुविचार शरीरमा हुन्छन् !

मैले त बुझ्न सकिन खै किन मानिसहरु,
जीवनकाे अर्थ खाेज्दै तक्दिरमा हुन्छन् !

उस्ले मात्र बुझ्ने छ जीवनकाे सहि अर्थ,
जाे ख्रीष्टमा बिश्वास गरि स्थिरमा हुन्छन् !

#अन्य