सानु कार्की

बाको फोटोमा


गजल
बाको फोटोमा श्रद्धाञ्जली लेखेका पत्रिका देखेर।
ढले थें आमाको आँखामा आँसुका ढिका देखेर।।

यसकारण व्यापारी प्रती म आक्रोशित भएको हुँ
हामीले खाने चामलमा ढुङ्गा र कनिका देखेर।।

जुन र तिमीलाई दाज्ने गर्छु राखेर एकै ठाँउ
छ्क्क पर्छु तिम्रो अगाडि जून फिका देखेर।।

छोराले अहिले सम्म बिहे गर्न मान्दै मानेन
दिनहुुँ झगडा आफ्नै काका काकीका देखेर।।

पत्थर मात्र मुस्कुराउन्न बसेर मन्दिरमा
सानू पनि मुस्कुराउछ आफ्नी प्रेमिका देखेर।।

सानु कार्की
धनकुटा

#अन्य