Rukesh Chaulagain

गजल


-----गजल----- फिल्टर पानि पिउछु आमा खोलि भेटिएन । चिट् को साडि मखमलि चोलि भेटिएन ।। गाउझै जसो चिसो मिठ‍ो हावा छैन आमा । बिहान बेलुका कोइलि को बोली भेटिएन ।। भौतिक छैन कृर्तिम ती आशाका थाकहरु मनको ईच्छा पूरा गर्ने झोलि भेटिएन ।। वस्तु जसै मानिस पनि निर्जीव बनिदिंदा । चट्ट पार्ने अौषधि को ग‍ोलि भेटिएन ।। टाढिएका मन संगै खुम्चियका रहरले । खुसि साट्ने रोधिघर को मझेरि भेटिएन ।। सपनि का तानमा तुनियका ईच्छाहरु युगिन त्यो भविष्यको भोलि भेटिएन ।। आज बुझे शहर सोचे जति सहज छैन । छितिज वारि कंहि कतै उज्येलि भेटिएन ।।

#अन्य