Ramesh Devkota

18-अानन्दित भै बाँच्ने रहर


अानन्दित भै बाँच्ने रहर कसलाई हुन्न हाेला!
जीवनभरी नै हाँस्ने रहर कसलाई हुन्न हाेला!!

अध्यारो जिन्दगीमा अब उज्यालो अाएपछि,
सायद उफ्रिदै नाँच्ने रहर कसलाई हुन्न हाेला!

धेरै समय त अन्याेलमा बित्छ हाम्रो जीवन,
ख्रीष्टमा नाता गाँस्ने रहर कसलाई हुन्न हाेला!

संसारमा तिरस्कृत भै हेपिएकाे त्याे जीवन,
भन ख्रीष्टमा साँच्ने रहर कसलाई हुन्न हाेला!

परमेश्वरकाे वचन अात्मिकि भाेजन मार्फत,
यहाँ जीवन जाँच्ने रहर कसलाई हुन्न हाेला!

#अन्य