माया

तिम्रो मन को राजा

र्स्वर्गमा बसने अप्सरा हुन उनी

मेरो प्राण मेरो जिन्दगी हुन उनी

गुरुहरुले ममा भनेको जस्तो

ती स्वप्न सुन्दरीको कहानी हुन उनी

miss you a lot
mero mutu
lop you

#माया / प्रेम


14-काेहि भन्छन्

Ramesh Devkota

काेहि भन्छन् मलाई मात्र किन यति पीर हुन्छ!
सधै मेरो जीवन किन कहालिलाग्दो भीर हुन्छ!!

स्वतन्त्र म कहिल्यै भइन सधै बाँधिरहनु पर्ने,
किन हाेला याे संसारमा नानाथरी जंजीर हुन्छ!

बाटाे,सत्य र जीवन म नै हुँ प्रभु येशु भन्नुहुन्छ,
विश्वास गरि अाउनुस उहाँमा जीवन स्थिर हुन्छ!

सांसारिक जीवनमा तपाईंलाई पाउ सम्झिन्छन,
तर ख्रीष्टको राज्यमा त्याे जीवन उच्च शिर हुन्छ!

हामी किन भाैतारिन्छाै ईश्वर खाेज्दै मठ,मन्दिर,
ईश्वर बस्ने त मन हाे उहाँको न कुनै तस्बिर हुन्छ!

काेहि भन्छन् मलाई मात्र किन यति पीर हुन्छ!
सधै मेरो जीवन किन कहालिलाग्दो भीर हुन्छ!!

#अन्य


मेरो सरीर मथी

लेक साइडको बिन्दासबाबू सुरेन्द्र

मेरो सरीर माथी फुलको माला हुनेछ
रातो बाकस भीत्र हाड छाला हुनेछ
त्यो दिन आफुलाई समाल्नु ए प्यारी
सबैको आखा बाट आसु को नाला हुने छ

#अन्य


13-अाुशासन र कर्तव्य

Ramesh Devkota

याे रात पछि फेरि भाेली हेर नाैलाे बिहानी बन्नेछ!
अाजकाे कुरा सबै भाेलीकाे लागि कहानी बन्नेछ!!

समय मै अनुशासनमा राख्नु पर्छ छोराछोरीलाई,
हैन भने पछि गएर अाफ्नै ,सन्तान वैमानी बन्नेछ!

असल शिक्षा दिनुपर्ने अभिभावककाे कर्तव्य हाे,
नत्र उसको जीवन खराब विचारकाे खानी बन्नेछ !

घरपरिवारमा हेर सधैंभरि नै मेलमिलाप हुनुपर्छ,
घर सुन्दर भएकाे कारण सन्तान खान्दानी बन्नेछ!

छाेराछाेरीले सधैं अभिभावकको अाज्ञा मान्नुपर्छ,
नत्र बाबुआमाले देखेकाे सपनाहरु खरानी बन्नेछ!

याे रात पछि फेरि भाेली हेर नाैलाे बिहानी बन्नेछ!
अाजकाे कुरा सबै भाेलीकाे लागि कहानी बन्नेछ!!

#अन्य


वियोग

सु शिल

बेर्थ लाग्छ जिन्दगी यो
तर पनि बाचेकोछु
अाशु नै अाशु ले भरिएको छ
यो जिन्दगी तर पनि हासेकोछु

#माया / प्रेम


निस्टुरिको याद मा

सानु नरेन कान्छा सानु

#मुटु भरी पीडा नदेउ है निस्टुरी सक्छौ भने जहर दिएर जाउ
#तिम्रो झुटो माया पोको पारेर लैजाउ, याद हरुले पिरोल्छ
#धेरै मुटुमा छुरा घोपेर जाउ
#कति बँच्नु मन मुटु जलाइ तिम्रो याद आउने मन मुटु
झिकेर लैजाउ

सानू बिरही
लम्की
हाल गोवा

#अन्य


बिछोडको पिड

Rajesh Subadi

बिछोडको पिड केहो लियपछी थाहा पाय
माया केहो मन टुटिदियपछी थाहा पाय
कति गारो हुदो रैछ पीडा हुदा समालिन
टुकृयाको मुटु जोडि सियपछि थाहापय

#उदास


माया/ पिर्ति

Ramesh Bhattari

माया यस्तो सूवाश जो बिना जिबन अधूरो
फुल यस्तो बासना हो जो बिना सुन्दरता अधूरो

#अन्य


12-शुन्य तिम्रो जीवन

Ramesh Devkota

शुन्य तिम्रो जीवन अब ख्रीष्टको निम्ति साँचेर हेर
बाकी जीवन अब तिमी ख्रीष्टको निम्ति बाँचेर हेर

उदास तिम्रो जिन्दगीमा खुशीकाे बाहार अाउनेछ
विगत बिर्सिएर केवल ख्रीष्टको निम्ति हाँसेर हेर

दुनियाँले लाउने गर्छन् विभिन्न अाराेप तिमीलाई,
प्रार्थना गर्दै अाफैलाई ख्रीष्टको निम्ति जाँचेर हेर

एउटै जुवामा न दाजिनु पबित्र बाइबलले भन्दछ,
त्यसैले तिम्रो जुवा अब ख्रीष्टको निम्ति भाँचेर हेर

सत्रुलाई पनि प्रेम गर हाेचिने छैनौं तिमी कहिल्यै,
विश्वास गरि अँगालोमा ख्रीष्टको निम्ति टाँसेर हेर

शुन्य तिम्रो जीवन अब ख्रीष्टको निम्ति साँचेर हेर
बाकी जीवन अब तिमी ख्रीष्टको निम्ति बाँचेर हेर

#माया / प्रेम


गजल

Chintan Ma Gar

सुरूवात गाह्रो, हुन्छ सबैका लागी बज्रपात गाह्रो, हुन्छ सबैका लागी जुनेली हुदा पो , देख्ने हिड्ने गर्छन अन्धो रात गाह्रो, हुन्छ सबैका लागी चिल्ला मिठा कुरा ,प्यारा भएता पनी रूखोबात गाह्रो, हुन्छ सबैका लागी सबैले कहाँ त्यो चपाउला फलामे च्युरा भात गाह्रो, हुन्छ सबैका लागी रमाउन सारा, सारा जगतै भिन्दै एकैमात गाह्रो, हुन्छ सबैका लागी

#अन्य


तितो सत्य

Timro Yadma Zaley Mah

शहरमा के हुन्छ गामलाई के था
गाममा के हुन्छ हामलाई के था
आधुनिक सिताहरु घरमै रावण बोलाउछन्
बिचरा प्रदेश गएको रामलाई के था !

#उदास


मायाको सम्बन्ध

Suresh Gm

समस्या यस्तै थियो सानु मेरो
उसले पनि साथ छोड्यो सानु मेरो
भाग्यमा नै लेखिएको छै राम्रो कथा
आज मेरो पैसा लुट्यो सानु मेरो

#अन्य


मेराे भराेसा ले भन्छ

Ramesh Devkota

अाज छैन साथमा भाेली त हुनेछ
मेराे याे पैतालाले नि शिखर छुनेछ
पछि हट्ने छैन असत्य सँग लड्न
याे जीवनले हेर धेरैको दुख धुनेछ
मेराे भरोसा ले भन्छ

पाइला यी बढ्छन सत्य बताउन
असत्यलाई हेर जरैदेखि हटाउन
पुग्नेछ गाउँ ,शहर ,बस्तीहरुमा
कुकर्म काे बढ्दो क्रम घटाउन
मेराे भरोसा ले भन्छ

अन्धकार हटेर उज्यालो छाउनेछ
स्वतन्त्र भै शान्तिको गित गाउनेछ
मलाई पुर्ण विश्वास छ हाम्रो देशमा
एकदिन त्याे स्वर्गीय राज्य अाउनेछ
मेराे भरोसा ले भन्छ
धन्यवाद ...

#अन्य


11-शब्द पत्र

Ramesh Devkota

शब्दहरु भावनामा पाेखिएकाे छ!
तर किन मनसाय जाेखिएकाे छ!!

सत्यता खाेजि गर्दै बढेका कदम,
बिच बाटाेमा किन राेकिएकाे छ!

शब्द भित्रको भाव नबुझेर हाे कि,
फेरि किन अर्थहिन ताेकिएकाे छ

निकाल्ने छु परिवर्तित शब्दहरु म,
याे हृदयमा शब्द पत्र ठाेकिएकाे छ

डग्ने छैन चुक्ने छैन अब फेरि म,
धार्मिकताले याे मन चाेखिएकाे छ!

#अन्य


love

Prem Sunu Mayalu

basant ko youg sangai maya satiyo ki ky ho sunu
mag mag basna ayo timi hasau ki ky ho sunu

i love u sunu

#अन्य


बिन्दाश जिबन

बिगतकोपलमा जिउनेआधार

गुन्द्रुक भट्मास अनि थाेरै अचार पठाएको छु!
साथमा सबैलाई याे एउटा विचार पठाएको छु!!

काेहिलाई मन पर्न सक्छ काेहिलाई नपर्न नि,
सबैको निम्ति अाज मैले उपहार पठाएको छु!

उपहार याे बहुमुल्य अनन्त जीवनकाे हाे है,
बाटाे,सत्य,जीवन जिउने अाधार पठाएको छु!

धनी,गरिब,निर्धाे,बलियो भेदभाव छैन यहाँ,
अगापे याे प्रेम ख्रीष्टको बाहार पठाएको छु!

समय छैन धेरै हेर दाेस्राे अागमन अाउनलाई,
ख्रीष्टले बाध्नु भएको नयाँ करार पठाएको छु!

गुन्द्रुक भट्मास अनि थाेरै अचार पठाएको छु!
साथमा सबैलाई याे एउटा विचार पठाएको छु!!

#अन्य


10-उपहार याे बहुमुल्य

Ramesh Devkota

गुन्द्रुक भट्मास अनि थाेरै अचार पठाएको छु!
साथमा सबैलाई याे एउटा विचार पठाएको छु!!

काेहिलाई मन पर्न सक्छ काेहिलाई नपर्न नि,
सबैको निम्ति अाज मैले उपहार पठाएको छु!

उपहार याे बहुमुल्य अनन्त जीवनकाे हाे है,
बाटाे,सत्य,जीवन जिउने अाधार पठाएको छु!

धनी,गरिब,निर्धाे,बलियो भेदभाव छैन यहाँ,
अगापे याे प्रेम ख्रीष्टको बाहार पठाएको छु!

समय छैन धेरै हेर दाेस्राे अागमन अाउनलाई,
ख्रीष्टले बाध्नु भएको नयाँ करार पठाएको छु!

गुन्द्रुक भट्मास अनि थाेरै अचार पठाएको छु!
साथमा सबैलाई याे एउटा विचार पठाएको छु!!

#माया / प्रेम


9-साेचेर हेराै

Ramesh Devkota

साेचेर हेराै अाफ्नै मन भित्र बाट!
के अास राख्छाै र भन चित्र बाट!!

अाफु असल हुन दाेष अरूलाई,
केही सिक्नु ख्रीष्टको चरित्र बाट!

केवल ख्रीष्टमात्र सत्य पाए मैले,
हेर्नुस् खाेज्दा संसार विचित्र बाट!

मरियम गर्भवती मानबद्वारा हैन,
भएकी थि पति बिना पबित्र बाट!

ख्रीष्टमा मात्र अासा छ मेराे अब,
किनकि पुर्ण छु असल मित्र बाट!

साेचेर हेराै अाफ्नै मन भित्र बाट!
के अास राख्छाै र भन चित्र बाट!!

#अन्य


8-ऊ त्याे पर बाट

Ramesh Devkota

ऊ त्याे पर बाट नि काेहि अाउदै छ!
हेर त ख्रीष्टको महिमा ऊ गाउदै छ!!

नाच्दै ,गाउदै ,रमाउदै ,खुशी हुँदै ऊ,
ख्रीष्टको निम्ति झ्याली बजाउदै छ!

हिजाे घृणा गर्थ्यो ख्रीष्टलाइ उसले,
अाज अाफ्नै हृदयमा सजाउदै छ!

अब जुवातास हाेइन बाइबल पढ्छ,
बिस्तारै खराब बानीहरु भगाउदै छ!

अन्धकारमा हराई अन्धविश्वासमा,,
सुतेका हरुलाई बचनले जगाउदै छ!

ऊ त्याे पर बाट नि काेहि अाउदै छ!
हेर त ख्रीष्टको महिमा ऊ गाउदै छ!!

#माया / प्रेम


मन

राहुल तामाङ

तिम्रो मन जिवनको बहुमूल्य धन,
तिम्रो नयन जिवनको अमूल्य रोश्नी,
तिम्रो हृदय जिवनको अनमोल ढुकढुकी,
के भनु तिमीलाई ?
स्वगॅकी परी या धरतीकी महारानी,
कोमल स्पॅशले सजिएको,
चोखो वचन गरीएको,
स्वच्छ व्यवहार भएको,
के भनु तिमीलाई ?
जगतकी जन्नी या मृगत्रिसण मोहिनी,
सौन्दयॅकी रानी,
पुष्प झैं सुगन्धी,
के भनु तिमीलाई ?
के भनु तिमीलाई !!!

#अन्य