Ramesh Devkota

मेराे भराेसा ले भन्छ


अाज छैन साथमा भाेली त हुनेछ
मेराे याे पैतालाले नि शिखर छुनेछ
पछि हट्ने छैन असत्य सँग लड्न
याे जीवनले हेर धेरैको दुख धुनेछ
मेराे भरोसा ले भन्छ

पाइला यी बढ्छन सत्य बताउन
असत्यलाई हेर जरैदेखि हटाउन
पुग्नेछ गाउँ ,शहर ,बस्तीहरुमा
कुकर्म काे बढ्दो क्रम घटाउन
मेराे भरोसा ले भन्छ

अन्धकार हटेर उज्यालो छाउनेछ
स्वतन्त्र भै शान्तिको गित गाउनेछ
मलाई पुर्ण विश्वास छ हाम्रो देशमा
एकदिन त्याे स्वर्गीय राज्य अाउनेछ
मेराे भरोसा ले भन्छ
धन्यवाद ...

#अन्य