Ramesh Devkota

12-शुन्य तिम्रो जीवन


शुन्य तिम्रो जीवन अब ख्रीष्टको निम्ति साँचेर हेर
बाकी जीवन अब तिमी ख्रीष्टको निम्ति बाँचेर हेर

उदास तिम्रो जिन्दगीमा खुशीकाे बाहार अाउनेछ
विगत बिर्सिएर केवल ख्रीष्टको निम्ति हाँसेर हेर

दुनियाँले लाउने गर्छन् विभिन्न अाराेप तिमीलाई,
प्रार्थना गर्दै अाफैलाई ख्रीष्टको निम्ति जाँचेर हेर

एउटै जुवामा न दाजिनु पबित्र बाइबलले भन्दछ,
त्यसैले तिम्रो जुवा अब ख्रीष्टको निम्ति भाँचेर हेर

सत्रुलाई पनि प्रेम गर हाेचिने छैनौं तिमी कहिल्यै,
विश्वास गरि अँगालोमा ख्रीष्टको निम्ति टाँसेर हेर

शुन्य तिम्रो जीवन अब ख्रीष्टको निम्ति साँचेर हेर
बाकी जीवन अब तिमी ख्रीष्टको निम्ति बाँचेर हेर

#माया / प्रेम