Ramesh Devkota

10-उपहार याे बहुमुल्य


गुन्द्रुक भट्मास अनि थाेरै अचार पठाएको छु!
साथमा सबैलाई याे एउटा विचार पठाएको छु!!

काेहिलाई मन पर्न सक्छ काेहिलाई नपर्न नि,
सबैको निम्ति अाज मैले उपहार पठाएको छु!

उपहार याे बहुमुल्य अनन्त जीवनकाे हाे है,
बाटाे,सत्य,जीवन जिउने अाधार पठाएको छु!

धनी,गरिब,निर्धाे,बलियो भेदभाव छैन यहाँ,
अगापे याे प्रेम ख्रीष्टको बाहार पठाएको छु!

समय छैन धेरै हेर दाेस्राे अागमन अाउनलाई,
ख्रीष्टले बाध्नु भएको नयाँ करार पठाएको छु!

गुन्द्रुक भट्मास अनि थाेरै अचार पठाएको छु!
साथमा सबैलाई याे एउटा विचार पठाएको छु!!

#माया / प्रेम