Ramesh Devkota

13-अाुशासन र कर्तव्य


याे रात पछि फेरि भाेली हेर नाैलाे बिहानी बन्नेछ!
अाजकाे कुरा सबै भाेलीकाे लागि कहानी बन्नेछ!!

समय मै अनुशासनमा राख्नु पर्छ छोराछोरीलाई,
हैन भने पछि गएर अाफ्नै ,सन्तान वैमानी बन्नेछ!

असल शिक्षा दिनुपर्ने अभिभावककाे कर्तव्य हाे,
नत्र उसको जीवन खराब विचारकाे खानी बन्नेछ !

घरपरिवारमा हेर सधैंभरि नै मेलमिलाप हुनुपर्छ,
घर सुन्दर भएकाे कारण सन्तान खान्दानी बन्नेछ!

छाेराछाेरीले सधैं अभिभावकको अाज्ञा मान्नुपर्छ,
नत्र बाबुआमाले देखेकाे सपनाहरु खरानी बन्नेछ!

याे रात पछि फेरि भाेली हेर नाैलाे बिहानी बन्नेछ!
अाजकाे कुरा सबै भाेलीकाे लागि कहानी बन्नेछ!!

#अन्य