Ramesh Devkota

14-काेहि भन्छन्


काेहि भन्छन् मलाई मात्र किन यति पीर हुन्छ!
सधै मेरो जीवन किन कहालिलाग्दो भीर हुन्छ!!

स्वतन्त्र म कहिल्यै भइन सधै बाँधिरहनु पर्ने,
किन हाेला याे संसारमा नानाथरी जंजीर हुन्छ!

बाटाे,सत्य र जीवन म नै हुँ प्रभु येशु भन्नुहुन्छ,
विश्वास गरि अाउनुस उहाँमा जीवन स्थिर हुन्छ!

सांसारिक जीवनमा तपाईंलाई पाउ सम्झिन्छन,
तर ख्रीष्टको राज्यमा त्याे जीवन उच्च शिर हुन्छ!

हामी किन भाैतारिन्छाै ईश्वर खाेज्दै मठ,मन्दिर,
ईश्वर बस्ने त मन हाे उहाँको न कुनै तस्बिर हुन्छ!

काेहि भन्छन् मलाई मात्र किन यति पीर हुन्छ!
सधै मेरो जीवन किन कहालिलाग्दो भीर हुन्छ!!

#अन्य