Ramesh Devkota

17-लाउछन भने नानाथरी


लाउछन भने नानाथरी अाराेप लाऊन देऊ!
तर मलाई सधैं ख्रीष्टको महिमा गाऊन देऊ!!

घरिघरि यसरी मेराे बाटाे छेक्न नखाेज है,
मलाई ख्रीष्टको राज्यमा नित्य आऊन देऊ!

ख्रीष्ट बिना अब म एक पल बाच्न सक्दिन,
ख्रीष्टको प्रेम याे जीवनमा अब छाऊन देऊ!

म पनि त अब ख्रीष्टमा परिवर्तित हुनुपर्छ,
त्यसैकारण मलाई विश्वास पुर्ण पाऊन देऊ!

लाउछन भने नानाथरी अाराेप लाऊन देऊ!
तर मलाई सधैं ख्रीष्टको महिमा गाऊन देऊ!!

#अन्य