सानु कार्की

दृष्टिबिहिन बाको


गजल
दृष्टिबिहिन बाको जिबनमा अँध्यारो थमायो।
छोराले यसरी पनि आफुलाइ दानी देखायो।।

उसले द्रन्दको सुरवात गर्दै छ यसरी
चोकचोकमा उभिएका सालिक पल्टायो।।

बलवान पनि हारेका छन् कम्जोरको अगाडी
लिन सकिन्छ उदाहरण कछुवा र खरायो।।

बनाउनेले  पनि  यसरी  बनाइ दियो  यार
तिमीलाई सुन्दर बनायो मलाई कुरुप बनायो।।

अब यो ज्यान बगाउनेको मात्र अभाब छ
बा आमा र खेत बारी त बाढीले बगायो।।

सानु कार्की
धनकुटा

#अन्य