Ramesh Devkota

16-यस्तो गजल बन्याे


झट्ट सुन्दा हेर उस्तै शब्द अाए गजल बन्यो!
दुईचार शब्द बाेल्दै मुख बाए गजल बन्यो!!

भावना बुझेको छैन एकतर्फी माया गर्‍यो,
फेरि भन्छ मनमनै माया लाए गजल बन्यो!

दुई जाेडी डेटिङ जान्छन भावना साट्न,
सँगै बसी एकै ठाउँमा खाए गजल बन्यो!

एकाएक हेर कल्पनामा दुबै डुबि रहन्छन्
कल्पन मै हेर एउटा गित गाए गजल बन्यो!

मेरी मुटु मेराे धड्कन भन्ने गर्छन् हेर यहाँ,
त्यै मायामा फेरि धाेका पाए गजल बन्याे!

झट्ट सुन्दा हेर उस्तै शब्द अाए गजल बन्यो!
दुईचार शब्द बाेल्दै मुख बाए गजल बन्यो!!

#अन्य