gar
Joti Kumar Lama Yonjan
तिनका हरेक कदमले गन्तव्य छल्न थाले
जब ती कदम कदममा यात्रा बदल्न थाले
जो रोकिएन कहिल्यै, त्यो समय रोकिदैन
ती रोकिने घडी हुन् जो अस्ति चल्न थाले
कोही अचेल अरुका बस्ती जलाउँदैनन्
जसले लिए सलाई, ती मैन जल्न थाले
बिष पिउनु बाध्यता हो, सोचौं हरेक चोटि
बिष रोपिए अगाडि वा बृक्ष फल्न थाले
चिन्नेछ भोली कसले को हो असल बिजेता
मैले स्वयं मलाई जित्ने पहल नथाले
लेखक
ज्याेति कुमार लामा
gajal
Joti Kumar Lama Yonjan
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर ।
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
लेखक
ज्याेति कुमार लामा
गजल
Joti Kumar Lama Yonjan
कहाँ पुगें र म कहाँ आएँ त्यो याद छैन
कैले भेटिएँ कैले हराएँ त्यो याद छैन ।
बरू गजल कति लेखें गनेर भन्न सक्छु
नसोध भोटो कति फटाएँ त्यो याद छैन ।
अझै भेटिन्छन् मेरो कथा सुन्न खोज्नेहरू
मैले ककस्लाई के सुनाएँ त्यो याद छैन ।
सम्झन्छु तिमीले दिएका थुप्रै बाचाहरू
तर कसम भने कति खाएँ त्यो याद छैन ।
हिसाब त हैन तर याद छ आफ्नो हार,
त्यसबेला कस्लाई जिताएँ त्यो याद छैन ।
ऐना अगाडि उभिँदा सधैं विचार गर्छु
जीवनभर केके लुकाएँ त्यो याद छैन ।
जब लोकले जडित भन्छ सम्झन खोज्छु
आखिर दीपक कैले निभाएँ त्यो याद छैन ।
लेखक
ज्याेति कुमार लामा
गजल
Joti Kumar Lama Yonjan
कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो ।
कसैलाई सुधारिरह्यो, कसैलाई बिगारीरह्यो ।
बढी मेहनती फेदमै छ, अर्को शिखरमा छ,
ऊ कमजोरी खोजीरह्यो, उसले सुधारिरह्यो ।
भाग्य नआएको हुँदै होईन, दैलो ढक्ढक्याउँदै,
अभागी हरेक पटक गलत ढोका उघारिरह्यो ।
कागजको खोस्टो फेरिदैंमा मुटु फेरिन्न रै'छ,
उता देश दुख्दा यता, देब्रे पाटो मुसारिरह्यो ।
सामन्तीले मरिमेटी, सिलाएथ्यो टुक्रा टुक्रा
सर्वहारा हाँसी हाँसी, त्यसैलाई उधारिरह्यो ।
प्युँने चाह हुँदै होईन, झरी छल्न पसेको हुँ,
दोष उसकै हो जो मैतिर भरी गिलास सारीरह्यो ।
लेखक
ज्याेति कुमार लामा
गजल
Joti Kumar Lama Yonjan
कसैको भाग्यमा पीडा कसैको मुस्कान छ
अचम्म अनौठो समय यो वर्तमान छ
सस्तो छ झगडा, व्यापक छन् विवादहरू
दुर्लभ किन्तु समस्याको समाधान छ
जङ्गलमा मान्छे सहरमा जनावर पसे
बेघर त आजभोलि यहाँ भगवान् छ
बेइमानको देखिन्छ वाहवाही जताततै
इमान्दारको भने यहाँ अपमान छ
संसार स्वर्ग होला भनी नठान अहिल्यै
शकुनिहरूको राज अझै विद्यमान छ
कलमको दिन पनि आउनेछ जरुर
नसोच्नू सधैँ खुकुरी नै बलवान् छ
लेखक
ज्याेति कुमार लामा
गजल
Joti Kumar Lama Yonjan
कम्पन हुन्छ काम छुट्छ आधार झिनो भएपछि ।
मान्छे कहाँ मान्छे हुन्छ मन अमिलो भएपछि ।
आगो, पानी, हर्दी, नून सबको मोलतोल गरेकोछु
कन्तिको तिहुन चाख्ने बेला अलिनो अलिनो भएपछि ।
गिलास् बाट पानी खाने बानी साँच्चै हट्दोरैछ
भूतपुर्वको यादै यादले ओठ नुनीलो भएपछि ।
घामले दिने आफ्नै छायाँ हाँस्यो बडो गजबले
के गर्नु त ? छायाँ भन्दा बिप्र मसीनो भएपछि
लेखक
ज्याेति कुमार लामा
गजल
Joti Kumar Lama Yonjan
ऐनाहरुको हुनसम्म मानहानी भएको छ;
अचेल उ मेरै आँखाको नानी भएको छ
जुन दिन देखी हाम्रो मन साटिएथ्यो;
जति सम्झाउँछु उति अज्ञानी भएको छ
आगोबाट जोगिन सिकाउने उही नै हो;
जो जलेर स्वयम् खरानी भएको छ
आफैंलाई बेचेर खै के पायौ मैले सोधें;
लजाउँदै उस्ले भन्यो आम्दानी भएको छ
खै कस्तो फैंसला सुनाउने हो समयले;
जिन्दगानी भूलहरुको खानी भएको छ
लेखक
ज्याेति कुमार लामा
गजल
Joti Kumar Lama Yonjan
एकै डाली काँडा र फूल कसो गरी बनाउँछ
भगवानले बनाउँदा मनपरि बनाउँछ
जिन्दगीले दिएको र नपुगेको के नै छ र?
यो मनले चाहना पो धेरैथरि बनाउँछ
जूनतारा सजिएको आकाश छ कति शीतल
उज्यालोमा त्यै आकाशले आगोसरी बनाउँछ
नदी सरी दुई जीवन पहाड मैदान नाँघ्दै बग्छ
जहाँ निर मिलन हुन्छ त्यैँ भुमरी बनाउँछ
आँसुमा त बिलाउँछ विरहको मीठो धून
गजलले त "एकतारे" अजम्बरी बनाउँछ
लेखक
ज्याेति कुमार लामा
देश
प्रदिप भट्ट
उत्तर खाने भो लाले ले !
दक्षिण त आधा पारी सक्यो काले ले
कता हराए ति नालापानी लडेका विर
सपूत का छोराहरू!
कता गए प्रजातन्त्र वादी मोराहरू
आमा रोहिरहेकी छि यहाँ आफ्नो छाती
काले र गोरे पर्दा
कती हेरेर बस्छौ आमा को यसरी आँशु झर्दा
अब बोल !!!!!!!
बाकी पछी
सम्झेको छु
बिगतकोपलमा जिउनेआधार
गजल
यता आमा रूदै हून्छे उता छोरो हास्दै बस्छ
आफ्नो दिलमा प्रेकिकाको तस्वीर टास्दै बस्छ
नै महिना गर्भ बोकी दस धारा दूदको बदला
उल्टै दिन्छ आमालाई चोट सबै माया मास्दै बस्छ
बूढिआमा रूदै बास्दा फर्किदैन छोरो घरमा
राम्रि देख्छ बाहिर केटी उतै नाता गास्दै बस्छ
घरमा सूक्को पैसा हून्न क्यारी खालिन आमा
मोबाइलमै पैसा सक्छ सधै फोनमा बास्दै बस्छ
moyalu
Bishnu Ghimire
कति अनुहार छ यो दुनियामा
तर मलाई एक अनुहार नजर आउँछ
संसारलाई म किन हेर्नु
उनको यादामा सारा समय गुजिंहाल्छ
Nisthuri Mayalu
Lazzalu Lali
Kina Dukhxa Mutu Vanthe
Tukriyera Futna Rahexa
Kina polyo Xati Vanthe
Kasai Sanga Xutna Rahexa
Avagi Maya Lali
आउदैछरे भन्दिनु
Sameer Lungeli
धेरै बस्यो परदेशमा आउदैछरे भन्दिनु।
घर आउने छुट्टी नी पाउदैछरे भन्दिनु ।।
धेरै छैन अब केही महिना मात्र बाँकी छ।
यो परदेशीले कोशेली नी ल्याउदैछरे भन्दिनु
गजल
Dev Sharma
बुझाइ दियौ आज सानू माया के हो भनी।
तिम्लाइ सम्झी बर्बराउछु हरेक राति मनि।।
कति माया गर्छेउ मलाइ दिल खोली बोल।
धेरै भयो हाम्ले मायालाएको मन पेट खोल।।
याद आउँछ झल्झली हात समाइ डुलेको।
कति याद आउँछ सानु तिमिले किन भुलेको।।
गाजलु ती तिम्रा नयन पिपल पाते ओठ।।
साह्रै सुन्दर रुपकि छौ सानू छैन कुनै खोट।।
देव शर्मा दुम्किबास हाल यु ए इ
berkup
Parash Thami
jenndage ko kunai modma vaytiyo vane
jhukiyara pani ma sang nabollnu kina ki temi
ma sanga bolyu vanay purano atit lay moh lai vat vat pollne garxa..
माया
बिबेक पहाडी मगर मगर
तिमी मृत्यु सैयामा हुदा बचाउन नसके पनि!!
तिमी संग मर्न सक्छु म!
खतबिर घर्ती मगर =बिबेक पहाडी
हाल मलेसिया