~~~~भोक छैन मलाई ~~~~~~
Khanal Deepak
भोक छैन मलाई खानै छाडि दिन्छु
निद छैन मलाई सुत्नै बिर्सी दिन्छु ।
रित्तिएको आत्मा मेरो अझै दिन्छु
अर्थविहिन आँशु मेरो तिम्रैलागि दिन्छु।
आसा मेरो टुटिसक्यो झुटो कल्पनामा
मुटु जलाई बाँचिदिन्छु तिम्रै सम्झनामा।।
दिलको राजा दिपक(खनाल)
दाङ ~लमहि
हाल~~रुकुम
कहिलेसम्म हुनेहो
रमेश संयोग श्रेष्ठ
गजल
जिन्दगीमा सफर कहिलेसम्म हुनेहो ।
मान्छेहरूलाई डर कहिलेसम्म हुनेहो ।।
सोचेको सपनाहरु पूरा हुँदै हुन्नन् तर ।
मन भित्रको रहर कहिलेसम्म हुनेहो ।।
छोरो पर्देशिएपछि फर्किएन घरमा ।
कस्तो छ खबर कहिलेसम्म हुनेहो ।।
पिठ्युँमा बोकेर छुरा धसेपनी उस्लाई ।
बिश्वासघातिको भर कहिलेसम्म हुनेहो ।।
रमेश "संयोग" श्रेष्ठ
मोरङ उर्लाबारी - ९
हाल :- रियाद , साउदी
घरबारे भएदेखि
रमेश संयोग श्रेष्ठ
ढल्कियो आधा जवानी घरबारे भएदेखि ।
बद्लेको छ आनि बानी घरबारे भएदेखि ।।
मीठो बोली बोल्नेे दिलको कुरा खोल्नेले ।
गर्दैछ जहिल्यै निगरानी घरबारे भएदेखी ।।
दैवले नि कस्तो खेल खेल्दोरैछ मान्छेसँग ।
अबसर खोज्दा भो हानी घरबारे भएदेखि ।।
परिवार पराई साथिभाई पराई प्रियसिमात्रै ।
लाग्नेछ प्यारो जिन्दगानी घरबारे भएदेखि ।।
रमेश "संयोग" श्रेष्ठ
मोरङ उर्लाबारी - ९
हाल ;- रियाद , साउदी अरेबिया
sadak
Kuor Santosh Jung
कालि हो जिन्दगी
गोरि हो जिन्दगी बग्न न जाने गन्दा नाली हो जिन्दगी
जब पहिर्छ तेहा मुसो दलाउछ कसै कसै को छुक नाला जिन्दगी हो बग्न न जा ने गन्दा नाली हो जिन्दगी
byy to santish kunwar
"तिमी "
प्रकाश रावल
तिमी सॅग बस्ने मन हुँदा हुँदै ।।
आज धेरै टाढा हुनु पर्यो ।।।।
कति सम्झू तिमीलाई मैले ।।।
आज सम्झेर धेरै रुनु पर्यो।।।।
उहि पागल प्रेमि ।।pr....
नमस्ते मित्र जन सूभ दिन
तपेद्र जनाला
पूतली एउटा किरा होइन फूल्को गंहना हो
मायार प्रेम ग्रनो कुनै पाप होइन मानप्ता को चाहाना हो
छन्दमा गजल
Mohan Tramu Magar
छन्द = जुनाम
सूत्र = ISI SIS ISI ISI SS
गण = ज र ज ज गु.गु.
विश्राम = आठौं अक्षरमा
फलाम जिन्दगी न हो / छ खिया अनौठो
न जात भात भन्छ यो ,रुपिया अनौठो !
म फूल दिन्छु जून पो /झन माग्छ उस्ले
उहीँ छ काम ती कफी र चिया अनौठो
सयौं छ चाहना सयौं छ यहाँ बहाना
तुफान लाग्छ प्यार झैँ प्रक्रिया अनौठो
कयौं नयाँ कयौं उहीँ छ यहाँ जमाना
अचम्म अाज बन्चरो हँसिया अनौठो
नयाँ म शब्द जोतुला कविता कथामा
नयाँ इनाम छन् यहाँ `हलिया ´अनौठो
मोहन तरामु मगर
गुल्मी नेपाल
MuTu
AC Bastola
मुटुमा मुटु टुट्ला झैँ भयो,
धतीॅ नै फाट्ला झैँ भयो,,
कसरि समाल्नु आफैलाई
यो दुनियाँले थिचे झैँ भयो,
उनिलाई सम्झिदा मुटु दुखे झैँ भयो,
उनि बिना यो दुनियाँमा नभए झैँ भयो!
Submitted: December 15, 2017
AC Bastola
sunsari__Dharan.
मेरो लागि तिमी देउता
Sreejal Bhandari Madan
आँखा खोले संसार देख्छु आँखा चिम्ले तिमी एउटा
अरु सबै मन्दिर जान्छन मेरा लागि तिमी देउता
मुर्ती पुजा गर्दिन म देउता भनी तिम्लाइ पुज्छु
देउता बनी जहाँ पुग्छौ भक्त बनी त्यही पुग्छु
मदन भण्डारी श्रीजल
सिन्धुपाल्चोक हाल काठमाडौं
भावना
बिबि. अनुरागी ङेमो सोताङ
तिम्रो इच्छा के छ सानू आत्मा भित्र घेर्नु हुदैन
आँखा आँखा झुधाई सानू कौसिबाट हेनु हुदैन
वैदेशिक रोजगार
आर डि निश्चल
गजल
मारेर अनेकौं मनका रहर प्रदेश लागियो।
नपाउँदा राज्यबाटै अवसर प्रदेश लागियो।
बा आमाको सम्झना यो मनमा राखि,
अनि बनाइ यो मन पत्थर प्रदेश लागियो।
फर्कन्छु कि कतै म नि रातो बाकसमा,
हुँदाहुँदै याे मनमा डर प्रदेश लागियो।
आफ्नो जन्मभूमि उर्वर हुँदाहुँदै पनि,
पसिनाले सिँच्न बगर प्रदेश लागियो।
गर्न त डिग्री पास गरेकै हाे र पनि,
नहुँदा योग्यताको कदर प्रदेश लागियो।
आर डि निश्चल
बागचौर नगरपालिका ३, सल्यान
हाल कीर्तिपुर काठमाडौ
माया प्रेम
Mum KO Son
माया मा बिस्बास हुन्छ भन्थे
घात हुदो रैछ घात को अर्थ ढाट पो हुदो रैछ
यहि कारण चोखो माया पनि कता कता
बाठ फाट पो हुदो रैछ
सन्तोस दाहाल
गजल
Mohan Tramu Magar
कुमारी छु भन्थ्यौ , जवानी हुँ भन्थ्यौ
कुरेको छु भन्थ्यौ , बिहानी हुँ भन्थ्यौ
हिजो आज बेग्लै , छ संसार तिम्रो
उबेला तिमीले , म सानी हुँ भन्थ्यौ
बनायौँ नशामा , सधैं देह भूल्ने
तिमी हौं कुवा त्यो , म पानी हुँ भन्थ्यौ
यहाँ जिन्दगानी ,भयो घाम पानी !
कहाँ ती गए नाम् ,फलानी हुँ भन्थ्यौ ?
उ भाडाकुडी नै , बनायो मलाई
तिमी हौं न राजा , म रानी हुँ भन्थ्यौ !
बहर = मुतकारिब
रूक्न = १२२ १२२ /१२२ १२२
विश्राम = छैठौं अक्षरमा
any one
Badal Bisho
बद्नामी भई दुनियाँ याे हसाए रे मैले
षड्यन्त्रको जालाे बुनी फसाँए रे मैले
दुई मुटु एकै ठानी राखेँ मुटु भित्र
नजाकिने खाडल मा पसाएँ रे मैले
बिछाेड मा मुटु जल्दा मन याे पग्लदा
गाेहि ले झैँ झार्ने अाँसु खसाएँ रे मैले
धार्मिक युध्द
Ramesh Tamang
~~~~~~~गजल~~~~~~~
धार्मिक युध्द ले आज घरबार बिग्रीयो।
सिर्मती छोराछोरीसँगको प्यार बिग्रीयो।
एकताको सुत्रभित्र बाँधिएका थ्यौ पैले।
धर्मपरिबर्तनले एकताको आधार बिग्रीयो।
मेरो गोरुको बार्है टक्का गर्छ सबै जना
त्यसैले आज मेरो प्रगतीको द्वार बिग्रीयो।
एउटै घरमा फरक रिती मान्ने भएपछि
आफ्नो रिती जोगाउने सुर~सार बिग्रीयो।
घर समाज सुधार्न गार्हो भा'छ आज
धार्मिक स्वतन्त्रताले सरकार बिग्रीयो।
~रमेश लामा
रामेछाप न.पा ८, रामेछाप।
बास्तबिक गजल
Surendra Neupane
अचेल म बिद्द्वान हरुको हातमा तरबार देख्दै छु
इमान बिक्रि गरिरहेको अखबर देख्दै छु।
यो सब बेरोजगार को असर हुनु पर्छ
दिन दिनै यो शहरमा प्राहर देख्दै छु
भिखरी हरुलाइ खानाको कठिनाइ भैरहेछ
तर म शोषक हरुको आँखा मा दरबार देख्दै छु।
जस्ले नेपाल आमाको रगत चुसी रहेकाछ्न
तिनी हरुको मात्र घरबार देख्दै छु।