Mohan Tramu Magar
छन्दमा गजल
छन्द = जुनाम
सूत्र = ISI SIS ISI ISI SS
गण = ज र ज ज गु.गु.
विश्राम = आठौं अक्षरमा
फलाम जिन्दगी न हो / छ खिया अनौठो
न जात भात भन्छ यो ,रुपिया अनौठो !
म फूल दिन्छु जून पो /झन माग्छ उस्ले
उहीँ छ काम ती कफी र चिया अनौठो
सयौं छ चाहना सयौं छ यहाँ बहाना
तुफान लाग्छ प्यार झैँ प्रक्रिया अनौठो
कयौं नयाँ कयौं उहीँ छ यहाँ जमाना
अचम्म अाज बन्चरो हँसिया अनौठो
नयाँ म शब्द जोतुला कविता कथामा
नयाँ इनाम छन् यहाँ `हलिया ´अनौठो
मोहन तरामु मगर
गुल्मी नेपाल