Mohan Tramu Magar
गजल
कुमारी छु भन्थ्यौ , जवानी हुँ भन्थ्यौ
कुरेको छु भन्थ्यौ , बिहानी हुँ भन्थ्यौ
हिजो आज बेग्लै , छ संसार तिम्रो
उबेला तिमीले , म सानी हुँ भन्थ्यौ
बनायौँ नशामा , सधैं देह भूल्ने
तिमी हौं कुवा त्यो , म पानी हुँ भन्थ्यौ
यहाँ जिन्दगानी ,भयो घाम पानी !
कहाँ ती गए नाम् ,फलानी हुँ भन्थ्यौ ?
उ भाडाकुडी नै , बनायो मलाई
तिमी हौं न राजा , म रानी हुँ भन्थ्यौ !
बहर = मुतकारिब
रूक्न = १२२ १२२ /१२२ १२२
विश्राम = छैठौं अक्षरमा