मीठो बाचा गर्यो ?
Bikesh Darchula
आकाशको जूनले पनि मीठो बाचा गर्यो हिजो!!
एक्लै थिएँ अँध्यारोमा अत्तालिँदै झर्यो हिजो!!
सोच्दै थिएँ अब धर्ती उज्यालोमा बाँच्ने भयो!!
बादलले छेक्यो फेरि ठूलो आशा टर्यो हिजो!!
चारैतिर शत्रु हुँदा केको खुशी मिल्थ्यो मनमा!!
बल्लतल्ल जुराएको भेट्ने मिति सर्यो हिजो!!
थाम्न सक्थ्यो धर्तीले नि जत्रो झरी दर्के पनि!!
तर मुटु टुक्र्याउन असिना नै पर्यो हिजो!!
हिंड्न खोजें बाटोले नि धावा बोल्यो पछारिएँ!!
झुल्के घाम नझुल्किँदै 'रामको' आत्मा मर्यो हिजो!!
Bikesh Singh Bist
Darchula from Doha Qatar :::::::::--------?
गगल
Biraj Dhami
गजल
जवानी तिम्रो लगानी मेरो।
बसेर लेख कहनी मेरो।
सुतेको तिमी सिरानी मेरो।
न लुकाई राख निसानी मेरो।
मर्दानि तिमी सास छैन मेरो।
जलाउदा तिमी खरानी मेरो।
**** बिराज धामी ****
कैलाली भजनी m.9824603692(+918866752880
प्रेम को आँखा हुदैन ------!!
Bikesh Darchula
सुनेको मैले प्रेमको कुनै आँखा हुदैन
प्रीतिको कुनै धुन अनि भाका हुदैन।
प्रेमी प्रेमिकाको बीच जस्तो माया हुन्छ
बाबा-आमाको माया कैल्यै पाखा हुदैन।
भर पर्छु म त हजूर भगवानको त्यो लीलामा
पापी र अधर्मीको सन्तान साखा हुदैन।
बाहिरी आँखाले त मान्छे चिन्न गार्हो
हो कि जस्तो देखिने सबै डाका हुदैन।
बानी,व्यवहारले नै हो मान्छेको रुप चिन्ने
दिमागले नै हो हेर्नुस्, उमेर पाका हुँदैन ।
बिकेश बिस्ट
पछि थाहा पाए -------------!!
Bikesh Darchula
कहानी उनीले सुनाए पछि थाहा पाए!!
आँखाको आँसु नै सुकाए पछि थाहा पाए!!
गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त!!
आधा कुरा मात्र बताए पछि थाहा पाए!!
झुटो होला उनको कहानी भनी के था मलाई!!
अर्को दिन झिल्के भगाए पछि थाहा पाए!!
मन त मेरो उनी तिर गै सक्या थियो झनै!!
समयले घण्टी बजाए पछि थाहा पाए!!
फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै!!
लजाइ उनले शीर निहुराए पछि थाहा पाए!!
बिकेश सिंह बिस्ट !
जिल्ला : दार्चुला!
हाल कतार मा !
झुठो रैछ तिम्रो माया
Try To Smail Bibash
झुठो रहेछ तिम्रो माया मैले चिन्न साकिना
तिमिले जस्तो पैसाले माया किन्ना सकिना
नाऔ भो मेरो सपनिमा प्रेमका ती कुरा गर्ना
अरुले जस्यो तिम्रो गलामा सुन्को बहार भर्ना सकिना
एकल यात्री बिबश चेम्जोङ
ठेगाना धनकुटा हाल मलेशिया
गयोउ तिमी
Sameer Lungeli
अरुको बातमा भयो तिमी अरुको हातमा गयोउ तिमी ।
यति मात्र काहाँ होर अरुको जातमा गयोउ तिमी ।
भन्ने गर्थोउ तिमीले जुनि जुनि साथ दिन्छु भनेर,
मेरो साथ छाेडि अरुको साथमा गयोउ तिमी ।
तिमीलाई धन सम्पती दिन नसकेनी धेरै माया गरेको थिए
मलाई छाेडि अरुसँगै त्यो अधेरी रातमा गयोउ तिमी ।
जुन अाखिरी एउटै थियोे|
स्याङदेन कवि
~~~गजल~~~
तारा अलग भएनी जुन अाखिरी एउटै थियोे|
जात अलग भएनी खुन त अाखिरी एउटै थियोे||
उनी बस्थिन म हलमा म जुपडी मै रमाउथे|
च्यादर अलग भएनी उन त अाखिरी एउटै थियो||
उनी लिन्थिन मादल बाँसुरी थियो मेरो साथमा|
बाँजा अलग भएनी धुन त अाखिरी एउटै थियो||
उनी जान्थिन रेष्टुरेन्ट म गुन्द्रुक मै रमाउथे सधैं|
स्वाद अलग भएनी नुन त अाखिरी एउटै थियाे||
तारा अलग भएनी जुन त अाखिरी एउटै थियोे|
जात अलग भएनी खुन त अाखिरी एउटै थियो||
स्याङदेन कवि
प्याराे जन्म भुमि
स्याङदेन कवि
गजल
प्याराे जन्म भुमि घर छाेडेर अाँउदा रुऐ म|
मरु भूमि बसाइँ सारेर अाँउदा रुऐ म ||
रहर त कहाँ हाेर बाध्यताले अाकाे हु|
बाउ अामाकाे माया छाडेर अाँउदा रुऐ म||
झल झली याद अाउछ गाउमा सङ्गै डुलेकाे|
साथीभाइ काे माया मारेर अाँउदा रुऐ म||
कती राम्रो कुम्भकार्ण झनै राम्रो साँघु बाजार|
गाउँमै बस्ने रहर याे कर्मले हारेर अाँउदा रुऐ म||
सुख दुख यहीँ हाे भनी फुल फुलाकाे थिऐ|
कलिलाे फुल काेपिलामै चुटेर अाँउदा रुऐ म||
स्याङदेन कवि
"झुक्ने छैन लिम्बुवान
स्याङदेन कवि
"गजल"
मात्री भुमी बचाउन झुक्ने छैन लिम्बुवान।
अटल भई बग्ने तमोर सुक्ने छैन लिम्बुवा।।
सधै लड्ने छ मर्ने छ प्राणर त्याग्ने छ तर।
कसै को सामु डराएर लुक्ने छैन लिम्बुवान।।
बढ्ने छ अघी आफ्नै रफ्तार मा नढले सम्म।
नेपाल बेच्ने गध्दार जस्तो भुक्ने छैन लिम्बुवान।।
पैसा को लागी मात्री भुमी बेच्ने जस्तो हैन।
जन्म भुमी लाई कैले पनी थुक्ने छैन लिम्बुवान।।
स्याङदेन कवि
चोट गहिरो
कृष्ण कन्वर
जिन्दगी लामो अनि चोट गहिरो
उजाड भयो भविष्य चल्यो पहिरो
खै किन छुटेर गई यो ऊ मन बाट
खुला आकाश पनि लाग्छ कुहिरो
धोका
B Barshad
तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो
बसन्तको नौलो बहर, रहरमै सिमित भयो।
दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो।
सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो।
तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
बसन्तको नौलो बहर,रहरमै सिमित भयो।
B BARSHAD
धोका
B Barshad
#_म_हीजो_पनी_म_नै_हु!
#_जो_तिमि_लाई_सही_लाग्थ्यो!
#_र_आज_पनि_म_नै_हु!
#_जो_तिमि_लाई_गलत_लाग्छ!
#_परिवर्तन_त_तिमि_भएछौ_म_होइन!!
गजल
Biraj Dhami
जित्न खोज्दा खोज्दै पनि हार भयपछी।
मायालुको आफ्नै अलग सरकार भयपछी।
का जानू र पागल सरि भौतरिदै यहाँ।
आफ्नै मुटु खुकुरी को धार भयपछी।
******** बिराज धामी *******
कैलाली भजनी
गजल
Biraj Dhami
सस्तो दाम मा बेच्ने थिए पिर बिक्छ भने।
त्यो सङै यो फुटेको मेरो तस्बिर बिक्छ भने ।
दिने थिए बरु एउटा किड्नी उपहर मा।
मुटु भित्र को उनको तस्बिर बिक्छ भने।
***** बिराज धामी*****
कैलाली भजनी
गजल
Himal Karki
……गजल……
खाली म नै बोल्नुपर्छ उ त धेरै बोल्दैन अरे
जति धेरै म बोलेनी मनका कुरा खोल्दैन अरे
साथी सङी जिस्काउछ्न खाली उसकै नाम लिएर
उसले भने त्यो मनमा मेरो माया घोल्दैन अरे
कति समय जम्छ उ हेर्न मन छ मलाइ पनि
जति ठूलो रापले पनि उसलाइ त पोल्दैन अरे ।।
गजल
Himal Karki
चुनाव अाउछ बफादार भइ,भुक्नु हुन्छ हजुर
जनताको दैलो दैलो चार्दै,ढुक्नु हुन्छ हजुर
चुनाव जिते पछि त कसलाई चिन्नु हुन्छ र?
चुनाव अघि सबैसँग , झुक्नु हुन्छ हजुर
म अनि मेरो पाटी राम्रो भन्दै भाषण छाट्दै
अरु सबैलाई खोट देखाउदै,थुक्नु हुन्छ हजुर
सिमित भयो
Bikesh Darchula
तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो
बसन्तको नौलो बहर, रहरमै सिमित भयो।
दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो।
सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो।
तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
बसन्तको नौलो बहर,रहरमै सिमित भयो।
----------------------------------------------------------
बिकेश बिस्ट: दार्चुला हाल कतार मा
धोका
Bikesh Darchula
परवाह् गर् उसको जसले तिमिलाइ परवाह् गर्छ;
जिन्दगी मा जसले कहिले न धोखा दिन्छ;
ज्यान् बन्नेर् उतरि जाउ उसको नस् नस् मा;
जो ज्यान् ले पनि धेरै तिमि सङ् नै छ!
बिकेश बिस्ट
कतार का