माया

Sujan Karki

आखा मिलाएर मेरो नजिक आएर लुट्यौ,

नजर हेटकै थिएन फेरी मुस्कुराएर लुट्यौ ।

#माया / प्रेम



मेरो पहिलो गित । केहि दिन पछि youtube मा हेर्न न भुल्नु होला।

Sujan Karki

लय/शब्द पोषण डागी स्वर सुजन कर्की र देबि घर्ति

१केटा: सानि सानी थियौ पैले ऐले भैछेउ ठुली
सोनामिको छाल जस्तै बैँस आयो उर्लि
सुर्खेत बजार (बिचमा घन्टा घर )२
अबत यो ज्यनले तिम्रो मात्र गर्न थाल्यो भर

२केटि: जति खायो खाउखाउ लाग्ने बुल्बुलेको पानी
अझैपनि उस्तै रैछ तिम्रो चंचल बानी
सुर्खेत बजार (बिचमा घन्टा घर )२
अबत यो ...............

३केटा: रुपकी खानि तिमि रैछेउ हसेली
मन मेरो लठ्ठै पारेउ झिम्काउदै परेली
सुर्खेत बजार.............

४केटि: तिमिपनी जवानिले भाछौ ह्यन्डसम ह्यन्डसम
तिम्लाई देख्दा मन मेरो कन्ट्रोल हुन्न कसम
सुर्खेत बजार...........

५केटा: माछी बस्ने पोखरिमा चरी बस्ने बनमा
तिमी बस्यौ यो मुटुमा मत तिम्रो मनमा
सुर्खेत बजार.......

६केटि: नत भोक नत निन्द्रा जवानिको रापमा
केके गरि पर्यौ मलाई मायाको धरापमा
सुर्खेत बजार बिचमा घन्टा घर
............
समाप्त ।
love you all

#अन्य


गाएक सुजन कर्की

Sujan Karki

(सानू माया)
तिमी म देखि टाढा जान्छौ कसरी""
तिमी मेरो मायालाइ भुल्छौ कसरी।
म त तिमरो साँसमा बसेको छु"
आफनो साँसलाई तिमीले अब रोक्छौ कसरी।।

#माया / प्रेम


आँसु

Sushant Chhetri

न त म हासेर जिउछु ,
न त म राेएर जिउछु,
बग्छ आँखा बाट आँसु भेल
तर म आफै धाेएर जिउछु॥॥

#अन्य


rastasewak

Lovely Shrestha

फर्किन्छु आमा त्यो घर एकदिन रास्ट्रसेवक बनेसी
सम्झन्छु सधै रास्ट्रको माया मुटुमा राखेसी
म आउने बेला घरमा हेर्ने कोहि पनि थिएन
सम्झधै होउली त्यो छोरो पनि खै किन आएन

अधुरा नहुन सपना ती साकार पर्नेछु
बैरिलै पछि म अघि बढी सिमाना कोर्नेछु
नरुनु आमा हजुरको छोरो बहादुर भको छ
देशको जिम्मा काधमा बोकि फर्केर आउनेछु

मुलबातो हेरि नबस्नु आमा अबश्य फिर्नेछु
दुधको धारा पसिना सारा त्यो गुण तिर्नेछु
नगर्नु चिन्ता हजुरको छोरो रास्ट्रसेवक हुनेछ
नेपाली सान गोउरब गान सिपाही बन्नेछु !!!!!!

#अन्य


dasai

Lovely Shrestha

दसैं आयो घर फर्क कान्छा भन्छिन आमा।।
म आउने बाटो हेर्दै रातदिन गन्छिन आमा।।
अर्काको रासन जङ्गीको कासन बिदा मिल्दैन आमा,
अर्को त साल अबश्य आउनेछु बाटो नि भुल्दिन आमा,
मेरो दुख कष्ट आफ्नै ठानी सहन्छिन
आमा,
टीकाको दिन फोन गर्छु तपाईंलाइ आमा,
आशिर्वाद दिनुस मलाइ फोनबाट आमा!!!

#अन्य


pida

Lovely Shrestha

छोरो आउने बाटोकुर्दै बस्नुभाको होला
झिनो आस बोकि मन कस्नुभाको होला
छोरो बिना पर्बहरु मान्नु पर्दाखेरि
भित्र आँसु लुकाइ बाहिर हाँस्नुभाको होला
सपरिवार जम्मा भइ दसै मान्ने रहर
सजायर सपनाहरू गाँस्नुभाको होला
कयौं पटक मेरा खुसी पुरा गर्न आमा
आफ्नो इच्छा रहरहरु माँस्नुभाको होला

#अन्य


dashai

Lovely Shrestha

भन्छन सबै दसै आयो घर आउने हैन
दसै मान्न नपाएको धेरै बर्स भयो
रातो टीका जमरा सब ओइलिएर गयो
दाइहरु नि यो दसैमा नहुने रे भेला आँसु झार्लान बा आमाले टीका लाउने बेला
नदुखाउनु आमा मन शून्य भयो भनी
आउछु भन्या आउनु पाइन यस्तै भयो नि
यो बर्समा आउन पाइन दसै बिदा पक्कै आउला
महल जस्तो झुपडीमा खुसियाली पक्कै ल्याउला!

#अन्य


chadparba

Lovely Shrestha

जन्माएकी देशकै लागि सधै सथ नखोज भो
भक्कानिदै नसुनाउ भो चाडपर्ब रुदै गयो
म छु र पो यो देश छ नेपाल भन्न पाइएको छ
यहि माटोलाइ सिन्दुर सम्झी शिरभरी लगएको छु
तिमी जस्तो हजार आमा बाटो हेरि रुन्छन यहाँ
शान्तिको सास फेर्छ मुलुक तिम्रो सन्तान पुग्छ जहाँ
गर्व गर मेरि आमा देशको सन्तान जन्माएकोमा
वीर सपूत जन्माएर देशलाइ गुन लगाएकोमा
हतार छ मलाइ यहाँ उच्छ राख्न देशको नाम
बाटो हेरि पर्खी राख दसै मान्न आउछु आमा!!!!!!

#अन्य


gajal

Lovely Shrestha

बसी बसी थाकी सके,प्रदेशको बसाइमा/
हिडी हिडी गलि सके,गरीबीको घिसाईमा//

पैसा ठुलो हुदो रैछ,मान्छेको त्यो सोचाईमा/
मान्छे तब रुन्छ यहाँ,प्रदेश को भोगाईमा//

सपना त हजारौ छन,घर तिरको हेराइमा/
दुःख लाग्छ आफु हेरी,प्रदेशको बेराइमा//

सम्झी रुन्छु एकान्तमा,घर परिवारको यादैमा/
प्रदेशको यात्रा लामो, कोई हुदैन आफ्नो साथैमा//

#अन्य


aama

Lovely Shrestha

"आमा"
कति पवित्र शब्द छ । हो "आमा"
यो एउटा शब्द नै काफी छ । छोराछोरीले आफ्नो सबै दु:ख पीडा भुलाउनको लागि
मलाई कसैले स्वर्ग कस्तो हुन्छ होला भनेर सोध्यो भने मैले जवाफ दिनेछु 'आमाको काख' त्यही हो स्वर्ग जहाँ हामिले आफ्नो जिन्दगिको सबैभन्दा रमणीय पलहरु बिताएर आएका छौ । मरेपछी स्वर्ग जाने भनेर किन बाहिर बाहिर मन्दिरको ढोका पुग्ने गर्छौ एक पटक आमाको चरणमा शरण लिएर बस स्वर्ग त्यही छ ।
छोराछोरी अघाएन कि उनिहरुको पेट भरिएन कि भनेर आफ्नो मुखमा लगेको गाँस पनि नखाई हाम्रो पेट भर्नु भयो । सानोमा हामिले पिसाब गरेको चिसो ठाउमा आफू सुतेर हामिलाई न्यानो बिछ्याउनामा सुताउनु भयो । अझै कस्तो लाटो पारामा अरुलाई भन्नू हुन्छ । मेरो बाबु मेरो छोरा चिसो ठाउमा सुत्यो भने बिमार हुन्छ । कठै कति सोझी मेरि आमा मलाई लाग्ने रोग आफुलाई लागाउनु हुन्छ र पनि मेरै चिन्ता गर्नु हुन्छ ।
कति निश्चल छन् उहाँले गर्ने माया ।
अझै पनि आफुलाई पीडा हुदा त्यही आमाको काख खोज्ने गर्छु म जहाँ पल्तियर सबै दु:खहरु भुलाउन सक्छु मैले ।
भन्नेले पनि सत्य भनेको हो "यदि मेरो भाग्य लेख्ने अधिकार मेरि आमालाइ दिएको भए साच्चिकै मेरो भाग्यमा दु:ख लेखियको हुदैन थियो होला"। तर केही छैन मेरो भाग्य भनेकै मेरि आमा हुनु हुन्छ हो म संग मेरि आमा हुनु हुन्छ । भाग्य लेख्ने अधिकार नभएर के भयो त त्यो भन्दा ठूलो उहाँले दिने आशीर्वाद नै काफी छ मेरो लागि जस्ले गर्दा म आफुलाई भाग्यमानी ठान्छु ।
मैले यो धर्तिमा पाइला टेक्ने अवसर पाए केवल आमाले गर्दा मैले यो दुनिया देख्न पाए त्यही आमाले गर्दा म आज जे जस्तो छु मात्र मेरि आमाले गर्दा बद्लामा हामिले आमाको लागि केहि गर्नु पर्दैन उहाँको मुहारमा कहिले आँसु नल्याइदेउ उहाँहरुलाई सधै खुसी राख्ने प्रयास गरौ त्यही त हो हामी छोरा छोरी को कर्तब्य ।
मेरि आमा मलाई छाडेर कहिले टाढा नगई दिए हुन्थ्यो जस्तो लाग्छ मलाई मात्रै किन संसार का सबै छोरा छोरी लाई नै यस्तै लाग्छ होला नि है ?कि उनिहरुलाई जन्म दिने आमाले कहिले उनिहरुलाइ छाडेर टाढा नभई दिए हुन्थ्यो भनेर । सधै हामी संगै हाम्रै छाया बनेर बसिदिए हुन्थ्यो भनेर ।
तपाईको आशिर्वाद सधै यसरी नै मेरो जिबनमा रहोस!
I miss you mom n love you!

#अन्य


betha

Lovely Shrestha

जिन्दगी देखि हार खाइसकेको मान्छे म नसोध मलाइ तिमिलाइ कस्तो छ भनेर, झन आलो घाउमा नुन छ
रेजस्तो हुन्छ न त भन्न सक्छु न देखाउन नै_____

#अन्य


reedam mogoer

Rèèdám Mògóér

bixod hunu pani parxa kahile kahi

#बिछोड



माया

Sushant Chhetri

बाचा कसम झुटाे लाग्याे ताेडि जानेलाई।
माया गर्छु भनि आफै छाेडि जानेलाई ।
सँगै हिड्याै जिन्दगिमा हात समाउदै,
सम्झि रन्छु दाेबाटाेमा माेडि जानेलाई।
मुस्कुराउदै तिमिले त पछि बाट छुरा राेप्याै
के बाेलाउनु मन मुटु नै फाेडि जानेलाई ।
बाचा कसम झुटा लाग्याे ताेडि जानेलाई ।
खै कसरी सम्जिनु त्याे छाेडि जानेलाई ।

#धोका


सुन किन।।।।

Sőø Hang Tmģ

सुन किन मन मा राख्छौ तिमी
एक दुई दिन का मेरा आनुपस्थिती
एता आउन मलाई हेरन
सबै कुरा म वित्त्रनै छै नि

मया को कुरा गर्न आउदैन
शब्द सङग खेल्न आउदैन

#माया / प्रेम


फुल दीने हातहरु

Sursh Kuwnor

फुल दीने हात हरु मारी दीय हुनथेयाे
मरा मनका वेथा हरू सारी दीय हुनथेयाे
जीनदगीमा मरनु रहेछ मेराे भागेमात
मारने ती हातहरूले समुनदर तारी दीय हुनथेयाे
फुल दीने हात हरु मारी दीय हुनथेयाे

#उदास


ब्यथा

Devraaz Magar

मन को ब्यथा मन मै रहयो सोध्ने को छैन
जस्लाइ मैले आफ्नो ठाने उत जीवन मा रहदै रयन
मर्छु अब तर्पियर बाच्ने कुनै आधार रयन

देब बिन्दाश पि य्म रोल्पालि

#बिछोड