:::::::::::::गोकुल बोहरा बझाङ :::::::::::::::

बिगतकोपलमा जिउनेआधार

////नेपाली बिर सेना प्रति समर्पित ////

लड्दा लड्दै म मरेँ भने उठाइदिनु साथी
मेरो घरमा दुखद समाचार पुर्याइदिनु साथी
आमा अनि प्रियलाइ सम्झाएर तिमी
मेरो लागी जलाको दिप निभाइदिनु साथी

बग्दै होला रगतको खोला मेरो छातिबाट
आफ्नो हातले तातो रगत थमाइदिनु साथी
अरू केहि माग्दिन म धेरै तिमी संग
लाश उठाउन इष्ट मित्र बोलाइदिनु साथी

जिन्दगीले बिदा माग्यो फर्किन्न म फेरी
मेरो नाममा मानो चामल उठाइदिनु साथी
दागबत्ति दिनलाइ छोरो सानै छ मेरो
उस्लाइ मेरो लाश जलाउन सघाइदिनु साथि

#अन्य


:::::::::मुक्तक ::::::::::

बिगतकोपलमा जिउनेआधार

मेरो बस्ती तिमिलाई शहर भएन,
फर्केर आउने फेरि रहर भएन?

पर्खाइका मेरा हरपल कैल्यै,
पट्यारलाग्दो प्रहर भएन।

उपहारमा पाउने समाजका ताना
ननिभ्ने आशमा कहर भएन।

गण्डकी,कोशी दुई आँखा फेरि
हरियाली ल्याउने नहर भएन।

बली चढ्यो ईच्छा,टुक्रियो मुटु,
तैपनी जीवन यो जहर भएन।

#अन्य


गजल

Sangit Limbu

फुल को शोभा कस्तो हुन्छ
झरेपछि थाहा हुन्छ ।।
जिवन को मुल्य कति हुन्छ
केबल मरे पछि थाहा हुन्छ ।।
कति महत्त्वपूर्ण हुन्छ पर्ेम को
सँगै हुदा थाहा हुन्न ।।
तर अन्त कतै सरे सि थाहा हुन्छ।

#माया / प्रेम


सम्झी रुन्छु अचेल

बिबेक पहाडी मगर मगर

तिमिलाइ सम्झी रुन्छु अचेल।
एकान्तमा बेहोस हुन्छु अचेल।
छाडी गयौं निस्ठुरी तिमिले।
तिम्रो सम्झनामा रुन्छु अचेल।
कस्तो कठोर रहेछ तिम्रो मन।
तिम्रो यादमा सम्झी रुन्छु अचेल।

खतबिर घर्ती मगर=बिबेक पहाडी
हाल मलेसिया

#अन्य


गजल

Sangit Limbu

जुन प्रेम
आफ्नो लागि बनेकै हुन्दैन ।l
त्यो प्रेम नै धेरै बास्तबिक।
आफ्नो लाग्दो रहेछ ।।

#माया / प्रेम


गजल

Sangit Limbu

यदि मेरो प्रेम चोखो छ भने
मेरो आस्थामा ताकत छ भने
मेरो बिन्ती सुनिदेउ हे दैब
उनको नया साथ स्वर्णिम बनाइदेउ
बरु मुस्कान मेरो लुकोस
मेरो श्वास रोकियोस्
जिन्दगीको यात्रामा
मेरो यादहरु संग ठोकिएर
उनको दिल कहिले नटुटोस !!

#अन्य


तिमि

Xűčhhő Fůčhëě

तिमो तस्बिर सिरानी मा राक्न मन लग्छ।
तिमी सङै जुनिभरि सङै बस्न मन लाग्छ।

#माया / प्रेम


दिपक प्रवासी

प्रवासी दिपक

त्यो विगत ,ति दिन कति सम्झिन्छौं।।
बिर्सनलाई पर्छ कठिन कति सम्झिन्छौं।।

म झरे सुकी सके तिम्रो त्यो डाली बाट,
हाँसि बाच जिवन नवीन कति सम्झिन्छौं।।

मान म मरेको हुँ आँखै अघि प्रिय तिम्रो,
स्वीकार गर गरि,यकीन कति सम्झिन्छौं।।

जो तिम्रो हुँदैहैन,आफ्नो कहिल्यै सम्झिएन,
बनाई मुहार सधै मलिन कति सम्झिन्छौं।।

रंग उडेको सुकेको फूल शिरमा सुहाउँदैन,
एकादेशको मुहार रंगीन कति सम्झिन्छौं।।

#उदास


संगीत लिम्बु पाथर कुरुबा हाल मलेशिया ।।

Sangit Limbu

म तिमीलाई पाएर गुमाउन चाहान्न।
तिम्रो बिछोडमा रुन चाहान्न ।
यसरी नै हासिरहन चाहान्छु ।
तिमी सधै म सङ्ग रहनु । मेरो मायालु बनेर।
म पनि जिवनभर अरु कसैको हुन चाहान्न

#माया / प्रेम


mero gajal

Shiva Kumar Shrestha

तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो
बसन्तको नौलो बहर, रहरमै सिमित भयो।

दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो।

सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो।

तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
बसन्तको नौलो बहर,रहरमै सिमित भयो।

#अन्य


लोप्पा

Surendra Singh Mandel

म छु भन्नेले नै लोप्पा ख्वाई दियो

#धोका


maya

Devraj Upadhyaya

maile temlai Maya garxu tara timle dokha diyou

#धोका



आसुको जिन्दगी मेरो

Susant Magr

मन्छे जिन्दगी त दुई दिनको हुन्छ भनेको त सुनेको छु तर पाको छन्् मेैले मन्छेको जिन्दगी त हासो अनि आसुले बनेको हुन्छ भनेको त सुनेको छु तर मैले हासे होइन आसु मात्र पाको छु हसो कहिले पाउ सकिन मेरो ओवको हासो भन्दा पहिले मेरो आँखाको परेली आसुले भीजाइ सकेको हुन्छ Manko kitabma gulab unko thiyo,
Raatko nidrama sapani unko thiyo.
Kati mayagarxau mero prasna ma
Timi bina marxu unko jawaf thiyo. ॥॥॥॥॥॥ मेरो नाम सुसन्त मगर घर धरान हाल मलिसिया

#माया / प्रेम


empty

Narendra Jung Carlos

बाटो खोज्दै हिडे चौबाटोमा पुगेछु

कस्तो नियती यो प्रेमको मेरो जिवनमा

मुटु साट्ने खोजेथे स्वार्थ लुट्ने भेटेछु

खोज्दिन म यहाँ अब कोहि आफ्नो हरु

गजल लेख्न खोजेको के के लेख्न पुगेछु!

#अन्य


रुन्छन अरु किन भन्थे

Rabiraj Phuyal

रुन्छन अरु किन भन्थे
थाहा पाए आफै रुदा
आत्मा हत्या किन गर्छन भन्थे
थाहा पाए एक्लो हुदा
सम्झन्थे म यो मायामा
हरपल खुशी हुन्छु
यहि मायाले चोट दिएर
आज धेरै रुन्छु ।।

#धोका


मिल्छ कि मिल्दैन

Shyam KC

औकात भुली उनलाई प्यार गर्न मिल्छ कि मिल्दैन!
मनमिले अन्तरजातीय घरबार गर्न मिल्छ कि मिल्दैन!

ए समाजका ठेकेदार हो एउटा कुरा बताउ मलाई
प्रेमिप्रेमिकाले देखेको सपना साकार गर्न मिल्छ कि मिल्दैन!

मानव भएर मानव लाई प्रेम गर्न नमिल्ने
यस्तो समाजको मैले संहार गर्न मिल्छ कि मिल्दैन!

सबथोकको तनाब बाट तनाबमुक्त भएर प्रेमगर्ने
मात्र निर्माण प्रेमको संसार गर्न मिल्छ कि मिल्दैन!

कहि धर्म कहि जात कहि औकात भनी छुट्ट्याउछौ
तिम्रो मानव रुपि शरीरको चिरफार गर्न मिल्छ कि मिल्दैन!!
२०७४-०३-०८
#श्यामश्वेत

#अन्य


MIss

Sangit Limbu

miss you love you all friends

#अन्य


अनि म मान्छु

Vis Nu

उसले खरानीको डोरी बनाओस अनि म मान्छु।
पुरुष बिना छोरा-छोरी जन्माओसअनि म मान्छु।।

अरुको जिन्दगी संग खेलवाड त धेरैले गर्छन यहाँ।
आफ्नै जिन्दगीमा हेराफेरी गराओस अनि म मान्छु।।

म कसरी यहाँ आए त्यो पत्ता लगाउनु जरुरी ठान्दिन।
बिना सहयोग आफ्नै खुट्टामा गुजरा चलाओस अनि म मान्छु।।

कुराको भरमा मलाई दुश्मनी ठान्ने अभिवावक नै त्यस्तै हुन।
सच्चा इमान्दार ज्वाइँ फलाओस अनि म मान्छु।।

उसले खरानीको डोरी बनाओस अनि म मान्छु।
पुरुष बिना छोरा-छोरी जन्माओसअनि म मान्छु।।

२०नु
हाल: काठमाडौ।
[email protected]

#धोका


तेस्तै रैछ ////

Bikesh Darchula

जस्लाइ आफ्नो सम्झे पनि तेस्तै रैछ
सुखमा जिबन भर साथ दिनछु भने पनि दुख पर्दा तेस्तै रैछ
अब यो मन पथर भइसकेको छ पगालन नखोज;
जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ!!
बुझ्ने लाइ भनिरहनु पर्दैन आफै बुझदो रैछ;
बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो; रैछ!!
Bikesh Singh Bist
Darchula Hal Qatar

#उदास