B-p Chhetri ( सल्लाह सुझाव )
B-p Chhetri
धूम्रपान र मध्यपान दुबै कुलत हो
अपरिचित नारी जिस्काउनु गलत हो
लक्ष्य थियो बन्ने सफल साहित्यकार
केही लेख्न नजान्नु नै ठुलो आपत हो...!!!
Regards- B-p Chhetri
शुभकामना
B-p Chhetri
राता अक्षताले निधार भरियोस्
कान माथी पहेला जमारा छरियोस् !!
स्टमित्र चेली बेटि प्रबेस गरून् घरमा
टीका, जमारा, दक्षिणाले स्वागत गरियोस !!
दहि, चिउरा, केरा, को भोजन हो उत्तम
खाएर मामा घर, सशुराल झरियोस् !!
रोटे, लिंगे, जाँते, पिंङ मच्चौंदै सरर
जुवा, तास, मदिराको कुलत न परियोस् !!
नवदुर्गा भवानिले सक्ष गरून् सबै को!
सुख, सान्ती, र भक्तिले भव सागर तरियोस !!
============XXXXXXX=========
बिजया दशमिको पावन अवशरमा हार्दिक मंगल मय शुभकामना all of facebook friends,imo friends,लगाएत सम्पुर्ण लाई सम्झना समर्पण गर्द्छु लुङ्ग्री गाउपालिका ५ सेवार रोल्पा \\
हाल : बिरानो बस्ती साउदी ( Nariyah )
जागिरेको_पिडा
B-p Chhetri
कसरी चल्छ यसरी जिन्दगी अभावमा
सधैं भरी अरुकै को दबाबै दवाव मा !!
======================
भयो बरु छोड्दिन्छु नोकरी चाकरी
सक्दिन खटिन यसरी तनाबै तनावमा !!
-----------------------------------------------
Regards,
B-p Chhetri
आफ्नो मान्छे
Hp Sharma
कथा: आत्महत्या
चिसो मौसम थियो । बिहान को समय झन् कुइरो लागेर वातावरण नै धुम्म परिरहेको थियो । म पशुपति आर्यघाट तर्फ जाने बाटो को हिमायल बैक को एटिएम् अगाडि को बाटो बाट हिडिरहेको थिए । अगाडि शववाहन आफ्नो आपतकालिन बत्ति पिलिक् पिलिक् बालिरहेको थियो । मान्छेहरु कोहि थिएनन् । नियालेर हेर्छु भित्र एउटा लास आगो को प्रतीक्षा गरिरहेको छ । बागमती पार गर्दै मृगस्थलि पट्टि लाग्छु । खुट्किला चढ्दै गएपछि मन्द आवाज कानमा गुन्जिन्छ ।
" ए हजुर म आखा देख्दिन
मर्न पनि सकिन , बाच्न झनै गारो भो सहयोग गरिदिनुस् " सहयोग गरिदिनुस सहयोग गरिदिनुस् आवाज र मान्छे ठुलो हुँदै जान्छ अनि अोझेल पर्छ मेरो हिडाइ ले । ती महिला लाई देखेको करिब दस वर्ष हुन लाग्यो । मलाइ थाहा छैन उन्को उमेर कति हो । सायद मेरै उमेर को हुनुपर्दछ ।दस वर्ष अगि र अहिले कत्ति फरक छैनिन् ।उन्को त्यो पहिला कै बाच्ने अठोट अझै पनि उत्तिनै जिवित छ जति पहिला थियो ।
वाह् क्या अठोट उन्को .... मनमनै सोच्छु ।
.
.
विचित्रको हस्तकला राखिएको मन्दिर अगाडि पुग्दा देख्छु त्यो शव वाहन पहिलाकै अवस्थामा छ । नजिकै कोहि छैनन् । एउटा मान्छे अरुमान्छे लाई गाडितिर अौला देखाउदै परैबाट भन्छ हतार भैसक्यो हस्पिटल का मान्छेले कति अबेर गरेका होलान् । बडो उत्सुकता पुर्वक त्यो मान्छेलाइ सोध्छु
त्यो ड्राइभर रहेछ । दाइ यो मान्छेको कोहि आएनन् ?
हतारितो व्यवहार देखाउदै उ बोल्छ खोइ भाइ खवर त गरेको हो । आत्महत्या भनेर परिवार ले नि मतलब गरेन ।
मतलब गरेन ? मेरो मनमनै प्रश्न उब्जिन्छ ।
अलिपर जान्छु फेरि फर्कन्छु । टाडै बाट नियाल्छु ।
कायरहरु ले मात्र आत्महत्या गर्छन् रे सब यसै भन्छन् ।मलाइ प्रश्न गर्न मन छ आत्महत्या लाई कायरता सँग दाज्ने हरुलाइ तिमी मा तेति आट र हिम्मत छ भने गरेर देखाउ न ।
सक्छौ??
सक्दिन म यो प्रश्न गर्न उनिहरुलाइ । हस्पिटल का मान्छेहरु आउछन् । स्टेचर ल्याइन्छ लास लाई झिकिन्छ अनि ब्रह्मनाल तिर दौडाइन्छ । म पछि पछि उनिहरुलाइ नियल्दै हिड्छु । बागमति को पानि ले खुट्टा धोइन्छ । हतार हतार झलाउने घाट तर्फ लगाइन्छ । बागमति को पारि पट्टि राममन्दिर को ठिक तल म उब्बेर यी सब हेरिरहन्छु । कपडा च्यातिन्छ । दाउरा चढाइन्छ अनि बालिन्छ । आत्महत्या गर्ने नामर्द हुन् भन्ने हरु फेरि मेरो नजरमा गलत साबित हुन्छन् । किनकि त्यो लास को लिङ्ग परिवर्तन भएको थिएन ।
विछट्टै राम्रि एउटा नर्स बलिरहेको लास को नजिकै देख्छु । उन्को वक्षस्थल वाहिरको लुगा मा उस्को नाम अंकित ब्याच जस्तै केही टासिएको थियो । टाढै भएको कारण प्रस्ट देखिदैन तर त्यो नाम हेर्न मेरो मन उत्सुक हुन्छ । त्यो बलिरहेको लास को पहिचान गर्नका लागिनै भएपनि ऊ सँग म परिचित हुनु पर्छ । छिट्टो छिट्टो पाइला सार्दै घाट नम्बर तीन को नजिकै पुग्छु । टाढा बाट देखिएको उस्को रुप भन्दा भिन्न तर झन् उत्पात सुन्दर देख्छु उस्लाइ । मिस् कोमल लेखिएको त्यो ब्याच पढेर सोच्छु नाम जस्तै त कोमल होलिन् नि ऊनि । घाटे वाहुन लाई तेसपछि को जिम्मा दिदै उनिहरु को टोलि निस्किन्छन् । नाम ले मात्र कसरी पत्ता लगाउनु ? पछि पछि लागे उनिहरुको । हस्पिटल को नाम अंकित एम्बुलेन्स देखेपछि शरिर ले चैन को सास फेर्यो । अब त म उसँग परिचय गरेर त्यो लावारिस लास पहिचान गर्न सामर्थ हुनेछु होला ....
.
.
"हजुर भन्नुस् न " भन्ने उस्को प्रतिउत्तर आए पछि मैले सोधे आत्महत्या लाई तपाईं कसरी लिनु हुन्छ?
लौ कस्तो प्रश्न हो ? च्याठ्ठि दै उस्ले प्रश्न गरि
अस्तिनै तपैलाइ मैले आर्यघाटमा देखेको थिए । ऊ को हो जस्ले आत्महत्या गर्यो यहि जिज्ञासा मेट्न म तपैको जिन्दगी छिर्न विवस भए । मलाइ माफ गरिदिनुस् । मैले भने
आत्महत्या गर्ने प्रत्येक मानिस तपाईं जस्तै विवश भएर मृत्यु को नजिक हुन् पुग्छन् ।साहित्यिक उत्तर दिन्छे ऊ मलाइ चित्त बुझ्दैन । ऊ को हो भनेर दोहोराएर प्रश्न तेर्साउदै म्यासेज पठाउछु । म कसरी भनौ हजुरलाइ म्यासेजमा उस्को परिस्थिति । कसरी बुझाउ म सायद मैले उस्को बारेमा बुझाउदा तपाइले नबुझेर उस्लाइ नै गलत भनिदिनु भो भने म गलत हुनेछु । म सक्दिन हजुर सक्दिन । मैले अठोट गरिसकेको थिए अब त जसरि नि बुझ्छु । मर्ने व्यक्ति मानौ मेरो भाइ हो र म बुज्न चाहान्छु यसरी नै आसक्त भैदिए उस्को निम्ति त्यो नर्स को अगाडि । उस्ले वाध्य हुँदै भनि ल ठिक छ भोलि मेरो बिदा छ म तपाईं लाई आर्यघाट मै भेट्छु ।
आर्यघाट मै किन ? मैले प्रश्न गरे नगर्नु पर्ने ।
उस्ले भनि किन त्यो भन्दा उपयुक्त ठाउ अरु छ र ?
म मौन ... अनि कुराकानि टुङ्गाएर म भोलि को प्रतीक्षा गरिरहे .....
#तस्विर_केवल_आकर्षण_को_लागि_मात्र_हो
प्रतिकृया दिनु होला अलि लामो भएकाले सबै लेख्न सकिन । अन्तिम भाग पनि पोस्ट गर्नेछु ।
उसको laagi
Prince Deepakradh Darnali
म मरेको रात तिमी न रुनु
जादैन त्यो जात तिमी न रुनु
ढल्या छैन बिर्क्ष दिने छहारी हो
झरेको हो पात तिमी न रुनु
अचेलको बुहारीलाई शहर चाहियो रे !!
दिवश श्रेष्ठ 'हाकु'
अचेलको बुहारीलाई, शहर चाहियो रे
अझै शहरमा ठुला-ठुला, घर चाहियो रे
बुढा ती बा-अामा,अाश्रममा लगेर राख्छन्
अनि फेरि बेला बेलामा, खबर चाहियो रे
केही कुरा थिएन पहिले, दुई प्रेमि बिच
बिहे गर्ने बेलामा चाहिँ, थर चाहियो रे
पहिले पहिले ढुङ्गामा, खरिले लेख्दथ्यो रे
अहिलेको बच्चालाई, कम्प्युटर चाहियो रे
प्रमिकाकै लागि जसले,बा-अामा नै त्याग्यो
तर अझै उस्लाई खै कस्तो, भर चाहियो रे
-दिवश श्रेष्ठ'हाकु'
शान्ति
Keshab WRy
माया गर्छु तिमिलाई हरपल अरु रोज्दिन म
भुल्नु है मलाई नभन्नु सानू तिमी बिना एक्लो हुन्छु म
सयौं जुनि तिम्रै हु म
शान्ति
म मर्ने कुरा
Mangal Misan
घरमा सुने छन बाले म मर्छु भन्न कुरा
मर्नु भन्दा पहिले के के गर्छु भन्ने कुरा
न कसैको साथ थियो न कसैको भरोसा
त्यो बर्खे जांगर नि एक्लै तर्छु भन्ने कुरा
थोपा थोपा सागर बन्छ भने म त मन्छे
सडक बसेर भयनी अगि सर्छु भन्ने कुरा
खाना पच्न दियन साहु हरुले मेरो बाउको
किटनी बेचेर सौउ बेयाज भर्छु भन्ने कुरा
मंगल बाब्ली मिसन
हाल बम्बैइ भारत
मेरो देश्को सरकार
Prakash Kapdel Saud Saud
कति सम्म गर्नु पर्छ कष्ट सरकार
भन्देउ आज एउटा कुरा स्पष्ट सरकार
कहिले बनाउछौ आफ्नै देशमा गरिखाने युवा
कि त सडकमै उत्रिनु पर्छ भ्रष्ट सरकार
बा को जिन्दगी पनि भारत धाएरै बितेको रे
म नि हुन्छु कि यतै धव्स्त सरकार
हाम्रो सरकारलाई खै कुन्नी के रोग लागेको छ
जहिलै देख्छु मेरो देशमा अस्व्स्थ सरकार
लाखौ लाख युवालाई बिदेशीको दास नबनाउ
यहि हो मेरो भनाइ हवस्त सरकार
प्रकाश साउद अछाम ढकारी ५ ज्ञान मन्दिर
प्रेम
Keshab WRy
मायाको भिख मागे तिमी संग मेरो केही भुल भयो कि
अन्जान मै तिमिलाई आफ्नो भनी माया गरे केही पाप गरे कि
भान्छौ रे दुनियाँलाई तिमि उ मायाको भिख माग्ने भिकारी हो भनी
कहि कतै तिमिलाई माया गर्नु भुल भयो कि
mutu
Parkash Khadka
kaha bata suru garu mero gindajiki khai k ho!
arkai sanga rakhe jasto bandhaki khai k ho!!
निस्ठुरी
Rawat Lokendra
""""लोकेन्द्र रावत अछाम
आँसु छोपेर हास्न खोज्दै छु म धोका पाएर ।
अझै जिउँदो लासमा बाच्दै छु म धोका खाएर ।।
निस्ठुरी बनेर कस्तो पिडा दियो यो बबैगुनीले ।
जिवन नै अन्धकार देख्दै छु म धोका पाएर।।
हास्नेलाई के था सम्झिने यो मनको पीडा ।।
अन्जान धेरै भएछ परिणाम भो धोका पाएर ।।
चोटैचोट पाएको भाग्यमा खुशी जति चुडिएछ ।
चारैतिर यस्तै छाएको देख्दै छु म धोका खाएर ।।
अन्जानको गतिले ठेस भोग्दै छु म धोका खाएर ।
जोवनको मतिले भेस झेल्दै छु म धोका पाएर ।।
लोकेन्द्र रावत .साफेबगर नगरपालिका १३ बाब्ला. अछाम
हाल. भारत दिल्ली
love
Parkash Khadka
dheri lai barda napujla maya malai ghatya hunxa /
man virta rakhne thau navaia malai hatya hunxa ...
सानु
Raj Kumar Chaudhary
तस्बिर तिम्रो हेरेर चित्त बुझाउला सानू ।
कहिले सिरानीमा त कहिले काखमा लुकाउला सानू ।।
तिमी त केवल अर्काको भाग्यमा रैछेउ ।।
अर्को जुनिमा पाउला भनी चित्त बुझाउला सानू ।।
मेरा शव्दहरु मन पर्छ भने फेसबुकमा मलाइ खोज्नुस
[email protected]
बेतेका पल
Mohan Partel
"म तिमीलाई माया गर्छु। म हो कि म तपाईंको कारण हुँ। तपाई हरेक कारण हो, हरेक आशा, र हरेक सपना जुन मैले गरेको छु, र भविष्यमा हामीलाई के हुन्छ भन्ने कुरामा कुनै फरक पर्दैन, हरेक दिन हामी सँगसँगै छौ सबैभन्दा ठूलो दिन हो। मेरो जीवनको। म सधैँ तपाईंको हुनेछु। " - निकोलस स्पार्क