Title Category Gajal
मान्छेले भगवान थामेको छ अन्य खुट्टाले जमिन र टाउकोले आसमान थामेको छ हजुर यति बुझ्नुहोस् मान्छेले भगवान थामेको छ ए हजुर ती नेतालाई त्यसै गाली नगर्नुहोस् मित्रको पाउ परेर उसले घर जहान थामेको छ जुन मन्दिरमा दियो बल्छ फल फूल चढ्छ बुझे हुन्छ कि त्यो मन्दिर सैतान थामेको छ
देश अन्य !! गजल !! को को हुन यसको हतियारा पत्ता लगाउनुहोस् जिवित छन् या मरे सर्वहारा पत्ता लगाउनुहोस् ?? अौला ठड्याएर प्रवचन न दिनुहोस् महासय जानुस् पहिले ती गरिब मारा पत्ता लगाउनुहोस् ?? त्यो मध्यम मध्यम रातमा कानै फुट्ने गरि फेरि कसले मार्यो चिल्कारा पत्ता लगाउनुहोस् ?? अरे उसले आमाको देह नै बेचेर खायो श्रीमान् अब कति लाग्छ दफा धारा पत्ता लगाउनुहोस् ?? त्यो जनयुद्ध लडेर नयाँ नेपाल झल्कायो फेरि किन उठायो सडकमा नारा पत्ता लगाउनुहोस्?? जय बराल ==/ कैलाली हाल भारत ब्याङलोर
जय बराल अन्य गजल लाग्छ मनमा धेरै सुर्ता खबर पाको छैन प्रदेशि जिउँदो छ कि मुर्दा खबर पाको छैन एउटा छोरा कारगिलमा अर्को मरुभूमि साहुको हातमा लालपुर्जा खबर पाको छैन वर्षौं बित्यो प्रदेशि त्यो गाउँ घर नफर्केको बिपत्तिमा छकि माही दुर्गा खबर पाको छैन छोरा रुदै भन्छ आमा गाउमा पहिरो गयो रे भत्कायो घर डाफे मजुर्का खबर पाको छैन बाबाको कोट अामाको चोलो प्रतमको सारी मैलियोकी बहिनीको सुर्मा खबर पाको छैन जय बराल कैलाली भारत ब्याङलोर