Title Category Gajal
माया माया / प्रेम दिन रात खोजिरहन्छ मान्छे दानापानी तेरो मेरो भन्दा भन्दै जान्छ जिन्दगानी ।। धनी बन्ने सपनाले इमान गुमाउँदा अाफ्नै , भलोगर्नेलाई गर्छ मनोमानी ।। मर्ने बेला सम्पत्तिको पोको लान हो कि , स्वार्थ बिना काम काज गर्न अानाकानी ।। हिष्या डाह गर्छ मान्छे को छ ठुलो भनी , छिमेकीको चिनो-चर्चा गर्छ निगरानी ।। जन्मेपछि मर्नै पर्ने नबुझेरै हो कि । अाफन्तमै लुछाचुडी हेर तानातानी ।।
सम्झना अन्य सपना त कल्पना हो देख्न सके देख हजुर भावनाको पोखाइ हो लेख्न सके लेख हजुर ````````````````````````` मरुभुमि मरुद्यान निश्चय नै फरक हुन्छ मरुद्यान पुग्नेहरु मार्न सक्छन् मेख हजुर ´´´´´´´´´´´´´´´´´´´´´´´ पानी बिना तड्पिएको माछा बनौ भने पनि तड्पनु नै कर्म बन्छ छैन देख रेख हजुर ``````````````````````` माथि हेर्छु बादल देख्छु पृथ्वी छन् हरियाली पृथ्वीमै लुछाचुडी सबले खोज्छन् सेख हजुर ´´´´´´´´´´´´´´´´´´´´´´´´´´ सबको हुन्छ यो संसार बाँचुन देर भोग गर्न सबै मेरो भन्नेले नै बाँड्ने गर्थे बेख हजुर
उदास उदास धेरै साथी अटाउँदैछन् फेसबुकमा अचेल अाफ्नै पनि फटाउँदैछन् फेसबुकमा अचेल । ````````````````````````` चलाउँन जाने राम्रो नजानेमा दुःख कति अन्धो माया पटाउदैछन् फेसबुकमा अचेल । ````````````````````````` नाता गोटा साथी सँगी सबै बिर्सिएर सम्बन्ध नै हताउँदैछन् फेसबुकमा अचेल । ```````````````````````` सस्तो सुलभ तरिकाले कुरा गर्न पाउँदा तिर्सनानै घटाउँदैछन् फेसबुकमा अचेल । ``````````````````````` नयाँ साथी बोल्न अाउँदा दिनकै च्याटमा दिक्क समय कटाउँदैछन् फेसबुकमा अचेल ।।।। Naveen bohara india Bangalore
बिछोड बिछोड किन लाग्छ पापीनीको माया छोडेर गएपनि .. झझल्को पपीनीकै आउँछ मलाई अन्तै नाता जोडेर गएपनि .... नबीन बोहरा
बिछोड........... मुक्तक..... बिछोड मुक्तक कतै मन चोरेउकी टोलाउने बनायौ यसो फुर्सद भाछैन बोलाउने बनायौ गलत अर्थ नलिनु माया प्रेम लाछैन कतै सल्केउकी भनी मुटु जलाउने बनायौ।.. नविन बोहरा...... bangalore india...
सम्झना बिछोड फूल त राम्रो गुलाब कै लाग्छ मलाई जति नैं कांडा भएपनि ...... सम्झना त ऊन्कै आँउछ मलाई जति नई टाढा गएपनि ......???? ......नवीन बोहरा... कर्नाटक बंगलोर.. इन्डिया.....