Title Category Gajal
के पर्छ उदास भन्नुस् तपाईंको रोजाइमा मन वा धन पर्छ करोडपति त सधैं इमान्दारको दुश्मन पर्छ यदि थोरै माग पूरा भएन भने राजनीतिमा किन सबको पहिलो रोजाइ आन्दोलन पर्छ कयौं खानी नेपालमै छ भन्छन् भाषणमा खोज्नु,बोल्नु भन्दा पनि गर्नु उत्खनन पर्छ त्यति ठूलो काम गरे जस्तो लाग्दैन तै पनि हरेक चिनारी ओठहरूमा उनकै वर्णन पर्छ मर्ने इच्छा यसै कारण पलाए जस्तो छ मेरो आर्यघाटको बाटैमा प्रेमीकाको आगन पर्छ हरिनास-१ सालडाँडा,स्याङ्जा
आमा अन्य आमा तिमी गर्दै हौली यतिबेला खेत र बारी सम्झिएर मलाई आमा रूदैँ हौली आँसु झारी बन्स काट्न पुग्ने गर्थ्यौ वनपाखा अनि भीरमा नबोक्नु है ठूलो धेरै कहिल्यै पनि घाँस भारी बुढेसकालमा सेवा गर्ने रहर हुदाँ हुँदै मनमा बाध्यताले परदेशीय आमा तिम्लाइ एक्लै पारी दुई पैसाको जोह हुन्छ भन्दै आमा बिहानसाँझ पार्नै छाड रक्सी तिमी जेसुकै होस् टाउलो,आरी हरिनास-१,सालडाँडा नेपाल