Title Category Gajal
फेसबुकमा भेटघाट गराैन F .Ramesh Indira Devkota अन्य फेसबुकमा नै भेटघाट गराैन मित्र खुशीले नै याे मनपेट भराैन मित्र केही त गर्नुपर्छ है याे जिन्दगीमा अन्धकारमा ज्याेति छराैन मित्र
२५-जीवन यहाँ सधै अभावमा किन? अन्य जीवन यहाँ सधै अभावमा किन? बित्नेगर्छ कसैको दबाबमा किन? भट्टि र जुवाघर धाउन थालेपछि, अल्झिरहन्थ्याे उ किताबमा किन? धेरै समय बितेपछि महसुस गर्छ, बित्दैछ मेराे समय खराबमा किन? जति मिलाए नि बिग्रिमात्र रहन्छ, सुत्र नै नमिल्ने याे हिसाबमा किन? परमेश्वरले जात छुड्याउनु भएन, तर मान्छे रहन्छ भेदभावमा किन?
२४-यस्तो गल्ती गरे अन्य माफ गर प्यारी मलाई मैले यस्तो गल्ती गरे! खुशी हाेइन तिम्रो अाँखामा अाज अाँशु भरे!! हर समय साथ दिन्छु अाउ जिन्दगीमा भने, तर साथ हाेइन मैले तिम्रो चाेखाे जीवन हरे! माया प्रेमका कुरा गर्थें बगैंचामा बिज छर्ने, विश्वासको बिज हैन अविश्वासकाे बिज छरे! सँगसँगै गर्छु भन्थे जिन्दगीको हरेक यात्रा, बिचल्लीमा पारि तिमीलाई खाेली एक्लै तरे! तिम्रो मन दुखाउनु पर्ने कारण के नै थियाे र, गल्ती गरे थाहा भयाे अनि पश्चात्तापमा परे! माफ गर प्यारी मलाई मैले यस्तो गल्ती गरे! खुशी हाेइन तिम्रो अाँखामा अाज अाँशु भरे!!
वरदान व्यापार हाेइन अाशिष हाे अन्य जित्छु सधैं भन्थ्याे अाज हार भएछ उसकाे लागि वरदान व्यापार भएछ जहाँ बाेलाउछन ज्याला लिन्छ ऊ उसको खल्ती भर्ने अाधार भएछ परमेश्वरकाे इच्छा वरदान चलाउनु तर यहि अाज्ञा उसलाई भार भएछ त्यही भएर पाे हाे कि अाजभाेली हरेक परिस्थितिमा लाचार भएछ अब वरदान छैन हेर सबै खाेसियाे, घमण्डले रित्तो घडाकाे सार भएछ
22-अन्त्यमा gajal by Ramesh Devkota अन्य के छ यहाँ मरि लाने अन्त्यमा! एक्लै हाे साथी जाने अन्त्यमा!! फेरि किन लाेभ,लालच,ईष्र्या, केही हुन्न व्यर्थ ठाने अन्त्यमा! अाजै पस्चात्ताप गराै भुलहरु, के हाेला पापले ताने अन्त्यमा! जीवन नयाँ जीउनु पर्छ हेर है, के हाेला नर्कले छाने अन्त्यमा! हेराै न सबैलाई असल नजरले, अात्मा बाँच्छ है माने अन्त्यमा!
21-अाउन छाड्याे संगति Nepali christian gajal by Ramesh indira Devkota अन्य अाउन छाड्याे संगति बाहिर मन डुल्न थालेपछि! गाउन छाड्यो गीत ख्रीष्टको प्रेम भुल्न थालेपछि!! वरदान उसले पाकाे थियाे संसारमा मिठास छर्ने, पाउन छाड्यो अाशिष घमण्डले फुल्न थालेपछि! वस्त्र उसले लाउने गर्थ्यो धार्मिकताले सबै छाेप्ने, लाउन छाड्यो वस्त्र अब नशामा झुल्न थालेपछि! हिड्ने गर्थ्याे सुसमाचार अन्धकारमा छर्छु भन्दै, धाउन छाड्यो अन्धकारमा अाफै घुल्न थालेपछि! अाउन छाड्याे संगति बाहिर मन डुल्न थालेपछि! गाउन छाड्यो गीत ख्रीष्टको प्रेम भुल्न थालेपछि!
20-महिमाकाे यस्तो गीत बनाए अन्य मैले नि अनुग्रहमा यस्तो रित बनाए! ग्रहण गरे जीवन दिने अमृत बनाए!! संसार सँग हारे अनि अाफै सँग नि, तर मैले जीवन ख्रीष्टमा जित बनाए! अाराधानाकाे याेग्य प्रसंशाको याेग्य, निरन्तर महिमाकाे यस्तो गित बनाए! बाटाे सत्य र याे जीवन पाए ख्रीष्टमा, निस्वार्थ भाव ख्रीष्टमा याे प्रीत बनाए! खाेल्नेछु अब सधैं अात्मिकि अाँखा, त्यसकारण अाफ्नाे लागि हित बनाए!
19-उचित समय हुन्छ अन्य जिन्दगीमा सबैको अाफ्नै अाफ्नै परिचय हुन्छ! तर हरेक कुराहरुकाे निम्ति उचित समय हुन्छ!! यस्तै रहेछ प्रीयहरु याे दुईदिनकाे जिन्दगानी, जन्मिने ,मर्ने हरेक समय माथि बाटै तय हुन्छ! बाहिर देखाउने मानिसको अहम भएपनि हेर, बाचुन्जेल मनमा विभिन्न किसिमका भय हुन्छ! जे भएपनि हामी सबैमा इश्वरीय वरदान छ है, कसैमा नाच्ने त कसैमा मिठो गाउने लय हुन्छ! अाफ्नाे वरदान प्रयोग गराै महिमा गर्न येशुकाे, उहाँको प्रेम नबुझे हाम्रो जीवनमा प्रलय हुन्छ! जिन्दगीमा सबैको अाफ्नै अाफ्नै परिचय हुन्छ! तर हरेक कुराहरुकाे निम्ति उचित समय हुन्छ!!
18-अानन्दित भै बाँच्ने रहर अन्य अानन्दित भै बाँच्ने रहर कसलाई हुन्न हाेला! जीवनभरी नै हाँस्ने रहर कसलाई हुन्न हाेला!! अध्यारो जिन्दगीमा अब उज्यालो अाएपछि, सायद उफ्रिदै नाँच्ने रहर कसलाई हुन्न हाेला! धेरै समय त अन्याेलमा बित्छ हाम्रो जीवन, ख्रीष्टमा नाता गाँस्ने रहर कसलाई हुन्न हाेला! संसारमा तिरस्कृत भै हेपिएकाे त्याे जीवन, भन ख्रीष्टमा साँच्ने रहर कसलाई हुन्न हाेला! परमेश्वरकाे वचन अात्मिकि भाेजन मार्फत, यहाँ जीवन जाँच्ने रहर कसलाई हुन्न हाेला!
गजल के हाे??? अन्य गजल अनि कविता लेखियाे गजल कुञ्जमा हरेक थरिका साहित्य देखियाे गजल कुञ्जमा गजलकाे अर्थ मैले अाफ्नै तरिकाले दिनेगर्छु त्यसैकारण त पाइला टेकियाे गजल कुञ्जमा गहन विचार जटिल यात्रा पुगिन्छ जाे लक्ष्यमा यस्तै विचार भएका भेटियाे गजल कुञ्जमा गजल भन्ने शब्द नै अाफैमा छ अति सुन्दर , तर याे शब्दकाे घाँटी रेटियाे गजल कुञ्जमा गजल अनि कविता लेखियाे गजल कुञ्जमा हरेक थरिका साहित्य देखियाे गजल कुञ्जमा
17-लाउछन भने नानाथरी अन्य लाउछन भने नानाथरी अाराेप लाऊन देऊ! तर मलाई सधैं ख्रीष्टको महिमा गाऊन देऊ!! घरिघरि यसरी मेराे बाटाे छेक्न नखाेज है, मलाई ख्रीष्टको राज्यमा नित्य आऊन देऊ! ख्रीष्ट बिना अब म एक पल बाच्न सक्दिन, ख्रीष्टको प्रेम याे जीवनमा अब छाऊन देऊ! म पनि त अब ख्रीष्टमा परिवर्तित हुनुपर्छ, त्यसैकारण मलाई विश्वास पुर्ण पाऊन देऊ! लाउछन भने नानाथरी अाराेप लाऊन देऊ! तर मलाई सधैं ख्रीष्टको महिमा गाऊन देऊ!!
16-यस्तो गजल बन्याे अन्य झट्ट सुन्दा हेर उस्तै शब्द अाए गजल बन्यो! दुईचार शब्द बाेल्दै मुख बाए गजल बन्यो!! भावना बुझेको छैन एकतर्फी माया गर्‍यो, फेरि भन्छ मनमनै माया लाए गजल बन्यो! दुई जाेडी डेटिङ जान्छन भावना साट्न, सँगै बसी एकै ठाउँमा खाए गजल बन्यो! एकाएक हेर कल्पनामा दुबै डुबि रहन्छन् कल्पन मै हेर एउटा गित गाए गजल बन्यो! मेरी मुटु मेराे धड्कन भन्ने गर्छन् हेर यहाँ, त्यै मायामा फेरि धाेका पाए गजल बन्याे! झट्ट सुन्दा हेर उस्तै शब्द अाए गजल बन्यो! दुईचार शब्द बाेल्दै मुख बाए गजल बन्यो!!
15-जीवनको सहि अर्थ अन्य याे संसारमा मानिस जब पिरमा हुन्छन् ! हेर शान्ति खोज्दै हरेक मन्दिरमा हुन्छन् !! भाैतारिन्छन यताउता अन्धविश्वासमा, त्यहि समय त मानिस जंजीरमा हुन्छन् ! अन्धकारले भरिएको संसारमा हेर है, लाेभ,लालच, कुविचार शरीरमा हुन्छन् ! मैले त बुझ्न सकिन खै किन मानिसहरु, जीवनकाे अर्थ खाेज्दै तक्दिरमा हुन्छन् ! उस्ले मात्र बुझ्ने छ जीवनकाे सहि अर्थ, जाे ख्रीष्टमा बिश्वास गरि स्थिरमा हुन्छन् !
14-काेहि भन्छन् अन्य काेहि भन्छन् मलाई मात्र किन यति पीर हुन्छ! सधै मेरो जीवन किन कहालिलाग्दो भीर हुन्छ!! स्वतन्त्र म कहिल्यै भइन सधै बाँधिरहनु पर्ने, किन हाेला याे संसारमा नानाथरी जंजीर हुन्छ! बाटाे,सत्य र जीवन म नै हुँ प्रभु येशु भन्नुहुन्छ, विश्वास गरि अाउनुस उहाँमा जीवन स्थिर हुन्छ! सांसारिक जीवनमा तपाईंलाई पाउ सम्झिन्छन, तर ख्रीष्टको राज्यमा त्याे जीवन उच्च शिर हुन्छ! हामी किन भाैतारिन्छाै ईश्वर खाेज्दै मठ,मन्दिर, ईश्वर बस्ने त मन हाे उहाँको न कुनै तस्बिर हुन्छ! काेहि भन्छन् मलाई मात्र किन यति पीर हुन्छ! सधै मेरो जीवन किन कहालिलाग्दो भीर हुन्छ!!
13-अाुशासन र कर्तव्य अन्य याे रात पछि फेरि भाेली हेर नाैलाे बिहानी बन्नेछ! अाजकाे कुरा सबै भाेलीकाे लागि कहानी बन्नेछ!! समय मै अनुशासनमा राख्नु पर्छ छोराछोरीलाई, हैन भने पछि गएर अाफ्नै ,सन्तान वैमानी बन्नेछ! असल शिक्षा दिनुपर्ने अभिभावककाे कर्तव्य हाे, नत्र उसको जीवन खराब विचारकाे खानी बन्नेछ ! घरपरिवारमा हेर सधैंभरि नै मेलमिलाप हुनुपर्छ, घर सुन्दर भएकाे कारण सन्तान खान्दानी बन्नेछ! छाेराछाेरीले सधैं अभिभावकको अाज्ञा मान्नुपर्छ, नत्र बाबुआमाले देखेकाे सपनाहरु खरानी बन्नेछ! याे रात पछि फेरि भाेली हेर नाैलाे बिहानी बन्नेछ! अाजकाे कुरा सबै भाेलीकाे लागि कहानी बन्नेछ!!
12-शुन्य तिम्रो जीवन माया / प्रेम शुन्य तिम्रो जीवन अब ख्रीष्टको निम्ति साँचेर हेर बाकी जीवन अब तिमी ख्रीष्टको निम्ति बाँचेर हेर उदास तिम्रो जिन्दगीमा खुशीकाे बाहार अाउनेछ विगत बिर्सिएर केवल ख्रीष्टको निम्ति हाँसेर हेर दुनियाँले लाउने गर्छन् विभिन्न अाराेप तिमीलाई, प्रार्थना गर्दै अाफैलाई ख्रीष्टको निम्ति जाँचेर हेर एउटै जुवामा न दाजिनु पबित्र बाइबलले भन्दछ, त्यसैले तिम्रो जुवा अब ख्रीष्टको निम्ति भाँचेर हेर सत्रुलाई पनि प्रेम गर हाेचिने छैनौं तिमी कहिल्यै, विश्वास गरि अँगालोमा ख्रीष्टको निम्ति टाँसेर हेर शुन्य तिम्रो जीवन अब ख्रीष्टको निम्ति साँचेर हेर बाकी जीवन अब तिमी ख्रीष्टको निम्ति बाँचेर हेर
मेराे भराेसा ले भन्छ अन्य अाज छैन साथमा भाेली त हुनेछ मेराे याे पैतालाले नि शिखर छुनेछ पछि हट्ने छैन असत्य सँग लड्न याे जीवनले हेर धेरैको दुख धुनेछ मेराे भरोसा ले भन्छ पाइला यी बढ्छन सत्य बताउन असत्यलाई हेर जरैदेखि हटाउन पुग्नेछ गाउँ ,शहर ,बस्तीहरुमा कुकर्म काे बढ्दो क्रम घटाउन मेराे भरोसा ले भन्छ अन्धकार हटेर उज्यालो छाउनेछ स्वतन्त्र भै शान्तिको गित गाउनेछ मलाई पुर्ण विश्वास छ हाम्रो देशमा एकदिन त्याे स्वर्गीय राज्य अाउनेछ मेराे भरोसा ले भन्छ धन्यवाद ...
11-शब्द पत्र अन्य शब्दहरु भावनामा पाेखिएकाे छ! तर किन मनसाय जाेखिएकाे छ!! सत्यता खाेजि गर्दै बढेका कदम, बिच बाटाेमा किन राेकिएकाे छ! शब्द भित्रको भाव नबुझेर हाे कि, फेरि किन अर्थहिन ताेकिएकाे छ निकाल्ने छु परिवर्तित शब्दहरु म, याे हृदयमा शब्द पत्र ठाेकिएकाे छ डग्ने छैन चुक्ने छैन अब फेरि म, धार्मिकताले याे मन चाेखिएकाे छ!
10-उपहार याे बहुमुल्य माया / प्रेम गुन्द्रुक भट्मास अनि थाेरै अचार पठाएको छु! साथमा सबैलाई याे एउटा विचार पठाएको छु!! काेहिलाई मन पर्न सक्छ काेहिलाई नपर्न नि, सबैको निम्ति अाज मैले उपहार पठाएको छु! उपहार याे बहुमुल्य अनन्त जीवनकाे हाे है, बाटाे,सत्य,जीवन जिउने अाधार पठाएको छु! धनी,गरिब,निर्धाे,बलियो भेदभाव छैन यहाँ, अगापे याे प्रेम ख्रीष्टको बाहार पठाएको छु! समय छैन धेरै हेर दाेस्राे अागमन अाउनलाई, ख्रीष्टले बाध्नु भएको नयाँ करार पठाएको छु! गुन्द्रुक भट्मास अनि थाेरै अचार पठाएको छु! साथमा सबैलाई याे एउटा विचार पठाएको छु!!
9-साेचेर हेराै अन्य साेचेर हेराै अाफ्नै मन भित्र बाट! के अास राख्छाै र भन चित्र बाट!! अाफु असल हुन दाेष अरूलाई, केही सिक्नु ख्रीष्टको चरित्र बाट! केवल ख्रीष्टमात्र सत्य पाए मैले, हेर्नुस् खाेज्दा संसार विचित्र बाट! मरियम गर्भवती मानबद्वारा हैन, भएकी थि पति बिना पबित्र बाट! ख्रीष्टमा मात्र अासा छ मेराे अब, किनकि पुर्ण छु असल मित्र बाट! साेचेर हेराै अाफ्नै मन भित्र बाट! के अास राख्छाै र भन चित्र बाट!!