Title Category Gajal
जीवन अन्य पानी पिउन पनि त प्यास हुनुपर्छ समुन्द्र पुग्ने सानो सहास हुनुपर्छ । जीवन कति सुरम्य हुन्थ्यो अझै पनि आफ्नो भन्ने मान्छे पनि खास हुनुपर्छ ।। तिमी अझै कति ज्ञानी कति सोझो बन्छौ भन्छौ सबै संग झिनो विश्वास हुनुपर्छ ।। थाहा छ पत्थर हो उ हिरा बन्दैन तर हिरा जस्तै बन्ने प्रयास हुनुपर्छ । रामायण र गिता वेद धेरै पढियो भगवान को मनमा बास हुनुपर्छ ।। खुसि हुने बहाना तरिका छ यहाँ दुःखमा नि सुखको आभास हुनुपर्छ ।
यात्रि।।।।।। अन्य यात्रि।। हुँ म एक यात्रि संघर्षि यात्रापथ अनगिन्ती । हजार जंघार पार गरि छेकवार ती कतिकति ।। सतहि सद्भाव प्रगाढ छ माया शीत का थोपा झै निश्चिल । हिउँ झै स्वच्छ , मन्द छ नि कति सुन्दर ।। विश्रामविन्दु साथ लिई थकाइपन दुर सारी । वादलुको छाया मुनि छहारि छ उपकारी ।। प्रकृति छ अनुपम सुरम्य छ अपार । लहरि झै लहराउदै अानन्द छ अपार ।। रुस
गजल अन्य -----गजल----- फिल्टर पानि पिउछु आमा खोलि भेटिएन । चिट् को साडि मखमलि चोलि भेटिएन ।। गाउझै जसो चिसो मिठ‍ो हावा छैन आमा । बिहान बेलुका कोइलि को बोली भेटिएन ।। भौतिक छैन कृर्तिम ती आशाका थाकहरु मनको ईच्छा पूरा गर्ने झोलि भेटिएन ।। वस्तु जसै मानिस पनि निर्जीव बनिदिंदा । चट्ट पार्ने अौषधि को ग‍ोलि भेटिएन ।। टाढिएका मन संगै खुम्चियका रहरले । खुसि साट्ने रोधिघर को मझेरि भेटिएन ।। सपनि का तानमा तुनियका ईच्छाहरु युगिन त्यो भविष्यको भोलि भेटिएन ।। आज बुझे शहर सोचे जति सहज छैन । छितिज वारि कंहि कतै उज्येलि भेटिएन ।।