Title Category Gajal
मायामा पागल अन्य माया दिएकै थिएँ महसरि तिमीले मेरो मुटु माग्यौ बगैचा दिएकै थिएँ बिहानै आएर मेरा आँखा माग्यौ सान्निध्य, साहचर्य, दिएकै थिएँ अझ बढी माग्यौ, भोगी आँखाले मैले भनेथे म राग दिन्छु, कण्ठ बेच्न सक्दिन म सहारा दिन्छु, यी हात सुम्पन सक्दिन म समय दिएकै थिएँ सुनसरि तिमीले मेरो निद माग्यौ भने सपनाहरू तिमीलाइ भो एकदिन ओठ माग्यौ भने मेरा मुस्कानहरू पनि तिमीलाइ भो अचानक भेट्न छाडेउ गमे के म रित्तिएँ र ? मनमा छामे तिमीलाई धड्कँदै थियौ उस्तैगरी गर्भको शिशु जस्तो थैलीबाट निकालेर तिम्रो तस्बिर हेरे फिस्स हाँसेको देखे तिमीलाइ गर्भमा समुद्रले केही लुकाए जस्तो झरीमा प्रकृतिले बादललाइ सुकाए जस्तो ।