Title Category Gajal
कथा माया / प्रेम "असल श्रीमती" (यो कथा तपाईंकै गाउँको हो पढ्नुहोला।) एक युवा , जस्को ठुल्लो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो, परिपक्क उमेर भयकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्राय: उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन। घर ठूलो भयर के गर्नु लाखौं रिणमा डुबेको थियो, तेस्माथी बिहेको खर्च ले थपियको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो। कहिल्यै खाली नबसि परिश्रम गरेर कमायको पैसा ले अब घर चलाउन गारो भयो, रिणको सावाँ घटाउने त कुरै छोडौं। यी सबै कुरा हरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहना हरु समेत नक्कली थिए,कुनै दिन उन्ले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उस्लाई। घरको समस्या कसै सँग सेयर कैलेपनी गर्दैनथ्यो। एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनायर बिदेश लाग्छ, दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा रिण लियका हरुलाई नै पठाउने गर्थ्यो।घरमा भने बैंकमा पैसा जम्मा गरेको छु आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब रिण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एक दिन अचानक छोरो सिंडी बाट लड्न पुग्छ , हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन, डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछी उस्को सात्तो जान्छ, आज सम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ। श्रीमतीले बैंक गयर पैसा निकालम भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन बिचरा उ केइ बोल्न सक्ने अवस्थामा नै छैन, उ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुन्न । जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतिले एटिएम बाट पैसा निकाल्छिन। उ हेरेको हेरेइ हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन, सबै जना चिन्तित भैराको अवस्थामा एकैछिन पछि भित्रबाट डक्टर आउँछन अनि बाबुमा निक्कै सुधार भयको र कुनै पनि खतरा नभयको कुरा सुनिसके पछि सबै खुसी हुन्छन । अनि श्रीमतिले भन्छिन "हजुरको पीडा मैले बुझेको छु सोनु,यो हजुरले नै पठानुभयको पैसा हो, मैले घरमा बस्दा मेसिन चलायर,फुर्सदमा अरुको मेला गयर तथा आईपरेका काम हरु गरेर अलिअली कमाउँथे ,तेसैले घर खर्च चल्थ्यो, हजुरले पठायको सवै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें , हजुरले नभने पनि घरको अवस्था मलाई राम्रो सँग थाहा थियो, अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्रै हो , मेरो लागि सुन बहुमुल्य होइन सोनु, जुन दिन हामी एक भयका थियौं, अग्नि अनि हाम्रा सबै आफ्ना हरुलाई साँछी राखेर हरेक सुख दुखमा साथ दिने भनेर कसम खायका थियौं त्यो दिन हजुर बाट पायको यो उपहार चाहे जे सुकैले बनेको होस मेरो लागि हिरा मोति भन्दा कम छैन सोनु।"(मायाले श्रीमानलाई "सोनु" भन्ने गर्थिन) उ केही बोल्न सक्दैन, एक टक लायर श्रीमतिलाई हेरेर आँशु बगाईरहन्छ , श्रीमती ले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन।आज सम्मको उस्को पीडा सबै एकैपलमा हरायको महसुस गर्छ। एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस, सुख दुख सबै मिलेर संगै सहने , जे छ तेस्मै रमाउने बिचार लियर अब कैले पनि नछुट्टिने, कैले बिदेश नजाने अठोट लिन्छन र खुसी साथ जीवन बिताउँछन्!
दिदि उदास सप्तरंगी टिका छैन अभागि यो निधारमा भेट्न आउन पाईन दीदी यसपाली को तिहारमा टाढा हुदा याद आयो तिमी सँग रमाएको म सानो मा लड्दा खेरी तिमीले हात समाएको कैले गर्थ्यौ धेरै मायाँ कैले गर्थ्यौ गाली म पनि त उस्तै तिमीलाई सताईरहन्थे खाली ति यादहरु सम्झिएर हाँसी दिनु है दीदी मखमली माला मेरो नाउँ मा गासी दिनु है दीदी अनि भित्ता मा झुन्डीरहेको होला तस्वीर मेरो त्यही तस्वीर मा टिका र माला टासी दिनु है दीदी!
तितो सत्य उदास शहरमा के हुन्छ गामलाई के था गाममा के हुन्छ हामलाई के था आधुनिक सिताहरु घरमै रावण बोलाउछन् बिचरा प्रदेश गएको रामलाई के था !
दसैँ उदास दिन रात यहाँ duty मै ढल्छ आमा मरे जस्तै हुन्छु कैले त फेरी बिस्तारै तिम्रै नाउमा धड्कन चल्छ आमा १२ घन्टे duty ले जिउ साह्रै गल्छ आमा! दशैँ तिहार आयो भन्छन् सबै गाउँ घर र तिम्रो यादले मुटु झनै जल्छ आमा नरुनु है मलाई सम्झि तिम्रो आशुले मलाई पोल्छ आमा ! जिन्दगी ले मलाई सधै किन यसरी छल्छ आमा हासी खुसि मनाउनु है दशैँ यहाँ त २४ सै घन्टा duty चल्छ आमा !!!
कविता! अन्य किसानको रहर =========== सानो छ खेत सानै छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साँझ र बिहान! बिहान पख झुल्किन्छ घाम देउराली पाखामा असारे गित घन्किन्छ अनि सुरीलो भाकामा! काधको शोभा हलो र जुवा हातमा कोदाली जिवन धान्न गर्नु नै पर्ने उकालि ओराली! छुपु र छुपु हिलोमा धान रोपेर छोडौला बनाई कुलो लगाई पानि आएर गोडौला! भनेर सानि पटुकि रातो बाधेर झरेकि बाढिले होला धमिलो खोला कसरी तरेकी! गालामा साना पसिना दाना मोतिझै खुलेकी घाम र पानि भोक र तिर्खा कसरी भुलेकी! सुसेली हालि बयेली खेल्छ बतास रातमा जुनले पोख्छ सितको थोपा धानको पातमा! सुनौला बाला झुलेर होला भुइलाई छोएको फलेको हागा कहिले छ र ननुहि रहेको! हिमाल हास्छ मिलाई सेता दातका लहर किसान बनि जहान पाल्ने यो मेरो रहर!
बादल पारिको देश बाट उदास खै कहाँ गए ती खुशी को पल मलिन छ मुहार अनि उदास छ मन आफ्नो भन्ने कोहि छैन यहाँ बिरानो शहरमा भौतारिदै छ जीवन!