Title Category Gajal
साथि माया / प्रेम साथी भनेको कहिले रिस त कहिले माया रहेछ जे भएपनि जीवनमा कुनै न कुनै साथीको आवश्यकता पर्दोरहेछ । साथीले नै मुस्किलको सामना गर्ने ढाडस दिदो रहेछ । साथी नै जीवनको बाँच्ने आधार रहेछ । साथीले नै सधैँ साथ दिँदोरहेछ । साथी बिना त जीवन अधुरो हुदोँरहेछ । साथी त मनको भाव रहेछ साथी नै मुटुको धड्कन रहेछ । साथी नै बगेको सागर रहेछ साथी नै संसारको रीत रहेछ ।