राहुल  सिंह
राहुल सिंह

Title Category Gajal
पागल बनेँ अन्य आँखाभरि प्रेमिल संसार खोजेर त पागल बनेँ अँध्यारोमा टेक्ने संघार खोजेर त पागल बनेँ ।१।  दुनिया यो स्वार्थी हो, भन्ने जान्दा जान्दै मैले दुनियाकै उपकार खोजेर त पागल बनेँ ।२।  जता काफल पाक्यो त्यतै चरी नाच्नुपर्छ भन्थे तर मैले नयाँ विचार खोजेर त पागल बनेँ ।३।  हो कि कतै सुख दुःख जन्मदैको भागभोग आफै भाग्य लेख्ने निधार खोजेर त पागल बनेँ ।४।
प्रेम माया / प्रेम राहुल सिंह बर्दिबास महोत्तरी, गिद्धे छन् नजरहरू प्रेम पानामा आइपुग्छन् लागेपछि राम्रोमा नजर चाहानामा आइपुग्छन्। भर आफ्नो मात्र हुन्छ,आफ्नै शत्रु बनेर हिड्छन् प्रेम दिनेको चोट मुटुको सिमानामा आइपुग्छन्। पिडाको कदर छैन, अब झन् पराई हुन्छन् अरे खै अब कहिले जिउँदै मर्ने जमानामा आइपुग्छन्? कलि हो यो सक्नेले सकेसम्म दुख,कष्ट,पीडा दिन्छ बाधाले घेर्दा कृष्णलाई, कहाँ सुदामा आइपुग्छन्? फक्रेको फूल बगैँचामा हाँसेको देख्दा पापी नजर रस चुस्न भमराहरू अनेक बहानामा आइपुग्छन्।