Title Category Gajal
सक्दैन म उदास यो जुनिमा जे गरेनी रमाउन सक्दैन म , उनलाई भुली तिम्रो हात समाउन सक्दैन म ।। माया गर्छु उनैलाई उनी छिन यो मुटुभित्र , माफ गर तिम्रो दिलमा डेरा जमाउन सक्दैन म ।।।
आजभोलि अन्य तिम्रो मन खै किन फेरियो आजभोलि ? त्यो मन अन्तै खै किन बेरियो आजभोलि ? पहिलेपहिले तिमि पनि मैले झै माया गर्थ्यौ , तिम्रो माया खै किन अँधेरियो आजभोलि ?
सानू माया / प्रेम जुन बन्छु म जुनेली रात बन्देउ है सानू तिमी , आँखा रसाउँदा आँसु पुछ्ने हात बन्देउ है सानु तिमी ।। कहिले खुसी कहिले दुखी कठिन यो जिन्दगीमा , यो मन दुख्दा हँसाउने बात बन्देउ है सानु तिमी ।।
कोहि बिछोड उनको सिँउदो सिन्दुरले सजाउँदै थियो कोहि , छमछम नाच्दै बाजा बजाउँदै थियो कोहि । उनलाई देखि आकाश खस्यो म माथी , म रुँदा उता रमाउँदै थियो कोहि ।।
गएपछि बिछोड हासिहासी तिमिले मलाई छोडेर गयपछी , दोबाटोमा अर्कै बाटो मोडेर गयपछी ।। बाँच्ने आशा सबै मर्यो खै कसरी जिउँ अब , तिमी बस्ने यो मन मुटु तोडेर गयपछी ।। 9800676747
पर्ख माया / प्रेम तिम्रो मनमा खुशियाली छर्छु एकदिन पर्ख , त्यो मुहारमा मुस्कानले भर्छु एकदिन पर्ख । खोज्दै छु म खुशिहरु तिम्रो।जीवन सजाउन , खुसी ल्याई तिम्रो नजिक सर्छु एकदिन पर्ख ।।
रौसि अन्य आज किन हल्का रौसि पिउन मन लाछ , रौसी सँगै साइनो गाँसी जिउन मन लाछ ।। माया गर्दा यो मुटु टुक्रा पारी गइन उनले , रौसी पिई टुक्रा मुटु सिउन मन लाछ ।।
याद उदास तिमिलाई नि मेरो याद आउँछ र साथी , पहिले झैँ मेरो माया लाउँछ र साथी ।। तिमिबिना एक्लो छु म जहाँजता गयपनी , तिमिलाई नि एक्लोपन ले सताउँछ र साथि ।।
पागल धोका आफ्नो खुसी किनार लागाई तिम्रो खुसी हेर्ने पागल , आफ्नो जीवन रित्तो पारी तिम्रो जीवन भर्ने पागल ।। भन्थे मलाई कसैकसैले माया नगर पागल हुन्छस , हो म पागल हुँ अँ म पागल छु तिमिलाई माया गर्ने पागल ।।