Title Category Gajal
ठोकि देउ गोलि । अन्य छ भने सहास ठोकि देउ गोलि कति फरक पर्दैन बगाइ रगत खेलिदेउ होलि कति फरक पर्दैन ।। फेरि देउ बोली बनाइ नारा गर भब्य भाषण जुटाउ जनता जिन्दाबाद भन्न कति फरक पर्दैन ।। रित्यायौ काख छुटयायौ मुटु सिउदो पुछीदियौ अझै लूट जनताको घरबार कति फरक पर्दैन ।। उर्दि गर गाउँ गाउमा गइ सबैको घरैमा बोकेर हिंड चन्दाको झोली कति फरक पर्दैन ।। बिष्णुप्रसाद धिमाल आजाद
तिमी संगै माया / प्रेम तिमी संगै माया लाउने बानी बनाउनु छ यो दिलकी तिमिलाइ नै रानी बनाउनु छ ।। जिन्दगीका अनगिन्ती यात्रा हरुमा थकान मेट्न ! बिश्रान्तीधाम एउटाै गृहमा एउटाै सिरानी बनाउनु छ ।। दुइटा मुटु भित्र एकै धड्कन सधै धड्काउनलाइ मुटु भित्र अटाउने तिमिलाइ सानी बनाउनु छ ।। कुरा काट्ने समाजको ऎना बन्नु छ के धर्ती गगन सबैले गाउने कहानी बनाउनु छ ।। तिम्रो लागि मेरो दुनिया त्याग्न सक्छु कसम ! असल बनी दुनियामा राम्रो जीवनी बनाउनु छ ।। बिष्णुप्रसाद धिमाल आजाद
प्यार हुन सक्छ । अन्य नहेर्नु नियालि यता प्यार हुन सक्छ जवानीका कुरा गर्न हतार हुन सक्छ ।। मुसुक्क त्यो मुस्कानमा जादु होला कतै नजरै बिचमा जिवनको आधार हुन सक्छ ।। आतिएर जिन्दगीको नलिनु निर्णय नि! त्यहा भन्दा अझ राम्रो सन्सार हुन सक्छ ।। के छ बिचार भनिहाल आनाकानी नगर्नु के मलाइ मन पराउने यहाँ हजार हुन सक्छ ।। अनि पछि पछुताउनु नपर्ला कि कुन्नी दुबै मिले जिन्दगानी शान्दार हुन सक्छ ।।