प्रदेशी कान्छा दार्चुला

देउडा गीत


मनले हेर्छु यो संसार रैछन् एक्ला एक्लै ।
सबैको मन एकै होकी छ कि बेग्ला बेग्लै ।।
सपना देखीन्छ कठै बिउझै छदा दिनमा ।
घणी उदास घणी हासो हुन्या एकै छिनमा ।।
कल्पना मा डुबि रन्या रैछ कठै मन ।
सम्झु भण्या कठै लाणी. मनको कुरो झन ।।
प्रदेशी कान्छा (दार्चुला)

दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु

हाल: बेङ्गलोर इन्डियामा

#उदास