Bishnuprasad Dhimal

ठोकि देउ गोलि ।


छ भने सहास ठोकि देउ गोलि कति फरक पर्दैन
बगाइ रगत खेलिदेउ होलि कति फरक पर्दैन ।।

फेरि देउ बोली बनाइ नारा गर भब्य भाषण
जुटाउ जनता जिन्दाबाद भन्न कति फरक पर्दैन ।।

रित्यायौ काख छुटयायौ मुटु सिउदो पुछीदियौ
अझै लूट जनताको घरबार कति फरक पर्दैन ।।

उर्दि गर गाउँ गाउमा गइ सबैको घरैमा
बोकेर हिंड चन्दाको झोली कति फरक पर्दैन ।।

बिष्णुप्रसाद धिमाल आजाद

#अन्य