Ramesh Devkota

वरदान व्यापार हाेइन अाशिष हाे


जित्छु सधैं भन्थ्याे अाज हार भएछ
उसकाे लागि वरदान व्यापार भएछ

जहाँ बाेलाउछन ज्याला लिन्छ ऊ
उसको खल्ती भर्ने अाधार भएछ

परमेश्वरकाे इच्छा वरदान चलाउनु
तर यहि अाज्ञा उसलाई भार भएछ

त्यही भएर पाे हाे कि अाजभाेली
हरेक परिस्थितिमा लाचार भएछ

अब वरदान छैन हेर सबै खाेसियाे,
घमण्डले रित्तो घडाकाे सार भएछ

#अन्य