Bishnuprasad Dhimal

तिमी संगै


तिमी संगै माया लाउने बानी बनाउनु छ
यो दिलकी तिमिलाइ नै रानी बनाउनु छ ।।

जिन्दगीका अनगिन्ती यात्रा हरुमा थकान मेट्न !
बिश्रान्तीधाम एउटाै गृहमा एउटाै सिरानी बनाउनु छ ।।

दुइटा मुटु भित्र एकै धड्कन सधै धड्काउनलाइ
मुटु भित्र अटाउने तिमिलाइ सानी बनाउनु छ ।।


कुरा काट्ने समाजको ऎना बन्नु छ के
धर्ती गगन सबैले गाउने कहानी बनाउनु छ ।।


तिम्रो लागि मेरो दुनिया त्याग्न सक्छु कसम !
असल बनी दुनियामा राम्रो जीवनी बनाउनु छ ।।

बिष्णुप्रसाद धिमाल आजाद

#माया / प्रेम