काले दाइ

पश्चाताप


गजल

जिन्दगीमा निकै ठूलो भुल भएथ्यो/
जब संगै बाच्ने संगै मर्ने कबुल भएथ्यो//

अनगिन्ती सफरहरु संगै गरे ता पनि/
लाग्दैछ त्यो बेकार र फजुल भएथ्यो//

म अन्धो र बहिरो हुदा तिम्रो प्रेम मा/
तिम्रो काडारुपी वचन पनि फूल भएथ्यो//

क्षण भर को त्यो तिम्रो मायामा परेर/
लाग्छ मेरा सबै खुसिहरु असुल भएथ्यो//

जिन्दगीमा निकै ठूलो भुल भएथ्यो/
जब संगै बाच्ने संगै मर्ने कबुल भएथ्यो//

राज अधिकारी
सारी ६ प्युठान
नेपाल
हाल : दक्षिण भारत केरला

#उदास