Bishnuprasad Dhimal

प्यार हुन सक्छ ।


नहेर्नु नियालि यता प्यार हुन सक्छ
जवानीका कुरा गर्न हतार हुन सक्छ ।।

मुसुक्क त्यो मुस्कानमा जादु होला कतै
नजरै बिचमा जिवनको आधार हुन सक्छ ।।

आतिएर जिन्दगीको नलिनु निर्णय नि!
त्यहा भन्दा अझ राम्रो सन्सार हुन सक्छ ।।

के छ बिचार भनिहाल आनाकानी नगर्नु के
मलाइ मन पराउने यहाँ हजार हुन सक्छ ।।

अनि पछि पछुताउनु नपर्ला कि कुन्नी
दुबै मिले जिन्दगानी शान्दार हुन सक्छ ।।

#अन्य