Timro Yadma Zaley Mah

दिदि


सप्तरंगी टिका छैन अभागि यो निधारमा
भेट्न आउन पाईन दीदी यसपाली को तिहारमा
टाढा हुदा याद आयो तिमी सँग रमाएको
म सानो मा लड्दा खेरी तिमीले हात समाएको
कैले गर्थ्यौ धेरै मायाँ कैले गर्थ्यौ गाली
म पनि त उस्तै तिमीलाई सताईरहन्थे खाली
ति यादहरु सम्झिएर हाँसी दिनु है दीदी
मखमली माला मेरो नाउँ मा गासी दिनु है दीदी
अनि भित्ता मा झुन्डीरहेको होला तस्वीर मेरो
त्यही तस्वीर मा टिका र माला टासी दिनु है दीदी!

#उदास