Ramesh Devkota

22-अन्त्यमा gajal by Ramesh Devkota


के छ यहाँ मरि लाने अन्त्यमा!
एक्लै हाे साथी जाने अन्त्यमा!!

फेरि किन लाेभ,लालच,ईष्र्या,
केही हुन्न व्यर्थ ठाने अन्त्यमा!

अाजै पस्चात्ताप गराै भुलहरु,
के हाेला पापले ताने अन्त्यमा!

जीवन नयाँ जीउनु पर्छ हेर है,
के हाेला नर्कले छाने अन्त्यमा!

हेराै न सबैलाई असल नजरले,
अात्मा बाँच्छ है माने अन्त्यमा!

#अन्य