Ramesh Devkota

21-अाउन छाड्याे संगति Nepali christian gajal by Ramesh indira Devkota


अाउन छाड्याे संगति बाहिर मन डुल्न थालेपछि!
गाउन छाड्यो गीत ख्रीष्टको प्रेम भुल्न थालेपछि!!

वरदान उसले पाकाे थियाे संसारमा मिठास छर्ने,
पाउन छाड्यो अाशिष घमण्डले फुल्न थालेपछि!

वस्त्र उसले लाउने गर्थ्यो धार्मिकताले सबै छाेप्ने,
लाउन छाड्यो वस्त्र अब नशामा झुल्न थालेपछि!

हिड्ने गर्थ्याे सुसमाचार अन्धकारमा छर्छु भन्दै,
धाउन छाड्यो अन्धकारमा अाफै घुल्न थालेपछि!

अाउन छाड्याे संगति बाहिर मन डुल्न थालेपछि!
गाउन छाड्यो गीत ख्रीष्टको प्रेम भुल्न थालेपछि!

#अन्य