गोप्ले क्षेत्री

थाहा भयो


झुटो रैछ तिम्रो माया, छुटे पछि थाहा भयो,
जोडिएको मन आज, टुटे पछि थाहा भयो,,
:
मेरै सामु पराइले,तिम्रो सीउदो रङग्याएर,
मेरो हासो खुसी सबै,लुटेपछि थाहा भयो,,
:
मायाको यो बगैचामा, फुल फुल्न लाग्दा खेरी,
मुसलधारे असिनाले, चुटे पछि थाहा भयो,,
:
खबर सम्म नगरेर ,तिमी डोलि चडी जादा खेरी,
भक्कानिदै मुटु मेरो, फुटे पछि थाहा भयो ,,
:
कति चाडैं भुल्यौ हकी, कोठा भित्र भाको कुरा,
तिम्रो डोली आगनीमा, उठेपछि थाहा भयो

#अन्य