गोप्ले क्षेत्री

हुनेछ....!


जुन दिन तिम्रो डोली हुनेछ
मेरो मृत्यु त्यसैको भोली हुनेछ,,

रातो कपडाले मलाई बेर्नेछन
फुलबुट्टे तिम्रो चोली हुनेछ,,

दिन त मलाई के नै देलान र
मलामीको हातमा बुर्कीको झोली हुनेछ,,

तिमिले त सायद थाहा पाउदैनौ हौली
मेरो पछि मलामीको टोली हुनेछ,,

चितामा राखि दनदनी बल्नेछु जब
काली भनी कराएको अन्तिम बोली हुनेछ,,

#धोका