Ranjit Babu

नदीको कहानी बगरले बताउँछ!


नदीको कहानी बगरले बताउँछ!
बुझें त्यैं इसारा लहरले बताउँछ!

म यात्री हुँ गन्तव्य खाेज्दै हिडेकाे
कहाँसम्म पुग्ने सफरले बताउँछ।

तिमी उत्रियाै लड्न मैदान माथि
यहाँ जीत हार  समरले बताउँछ।

मलाई  नसाेध  कहाँ  के भएको
सबै सत्यतथ्य खबरले बताउँछ।

सधैं  प्रश्न गर्छाै  अनेकौं  थरीका
दिनैपर्छ उत्तर असरले बताउँछ।

रञ्जित बाबू नराल
गाेरखा

#अन्य