Ramesh Devkota

19-उचित समय हुन्छ


जिन्दगीमा सबैको अाफ्नै अाफ्नै परिचय हुन्छ!
तर हरेक कुराहरुकाे निम्ति उचित समय हुन्छ!!

यस्तै रहेछ प्रीयहरु याे दुईदिनकाे जिन्दगानी,
जन्मिने ,मर्ने हरेक समय माथि बाटै तय हुन्छ!

बाहिर देखाउने मानिसको अहम भएपनि हेर,
बाचुन्जेल मनमा विभिन्न किसिमका भय हुन्छ!

जे भएपनि हामी सबैमा इश्वरीय वरदान छ है,
कसैमा नाच्ने त कसैमा मिठो गाउने लय हुन्छ!

अाफ्नाे वरदान प्रयोग गराै महिमा गर्न येशुकाे,
उहाँको प्रेम नबुझे हाम्रो जीवनमा प्रलय हुन्छ!

जिन्दगीमा सबैको अाफ्नै अाफ्नै परिचय हुन्छ!
तर हरेक कुराहरुकाे निम्ति उचित समय हुन्छ!!

#अन्य