Timro Yadma Zaley Mah

कविता!


किसानको रहर
===========

सानो छ खेत सानै छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान!
बिहान पख झुल्किन्छ घाम देउराली पाखामा
असारे गित घन्किन्छ अनि सुरीलो भाकामा!
काधको शोभा हलो र जुवा हातमा कोदाली
जिवन धान्न गर्नु नै पर्ने उकालि ओराली!
छुपु र छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानि आएर गोडौला!
भनेर सानि पटुकि रातो बाधेर झरेकि
बाढिले होला धमिलो खोला कसरी तरेकी!
गालामा साना पसिना दाना मोतिझै खुलेकी
घाम र पानि भोक र तिर्खा कसरी भुलेकी!
सुसेली हालि बयेली खेल्छ बतास रातमा
जुनले पोख्छ सितको थोपा धानको पातमा!
सुनौला बाला झुलेर होला भुइलाई छोएको
फलेको हागा कहिले छ र ननुहि रहेको!
हिमाल हास्छ मिलाई सेता दातका लहर
किसान बनि जहान पाल्ने यो मेरो रहर!

#अन्य