Ramesh Deuba

गजल


गजल
हजारौं मान्छेको भिडमा एक्लै छु
र झन् आएर यो परदेशमा एक्लै छु

बाध्यताले परदेशि भए देश छोडेर
हो यो अपरिचित सहरमा एक्लै छु

नयाँ भाषा नयाँ ठाँउ बिराना मान्छे
हर बिहान् मा हर साझमा एक्लो छु

परदेशको छ काम सोचे जस्तो नहुँदा
कोहि छैन सघाइदिने दुखमा एक्कै छु

न कोहि हाँस्ने छ न त कुरा गर्ने कोही
दिनभरी गर्ने साहुको काममा एक्लै छु

रमेश देऊबा

#अन्य