Narayan Pandey

आमाको सम्झनामा समर्पित (दशैं विशेष)


यो साल पनि मैले बिदा पाउने भइन आमा ।

दशैं अनि तिहारमा आउने भइन आमा ।।


घर, कयनपाटा, कोल्टाँडा हुँदै मामा घर ।


रातो टिका जमरानी लाउने भइन आमा ।।

दशैं अनि तिहारमा आउने भइन आमा ।।


सङ्गीसाथी जम्मा भई सदा झैं तिहारमा ।

सँगै देउसीभैलो पनि गाउने भइन आमा ।।

रातो टिका जमरानी लाउने भइन आमा ।।


मरुभूमिको तातो घामले भतभत पोलेपछि ।

पहिले जस्तो हट्टाकट्टा आउने भइन आमा ।।

खुसी ल्याई  सबै माझ छाउने भइन आमा  ।।


कल्पितभई कोमल मन अनायासै छटपटिँदा ।

पाइला चाल्न कसैको साथ पाउने भइन आमा ।।

पहिले जस्तो हट्टाकट्टा आउने भइन आमा ।।


यो साल पनि मैले बिदा पाउने भइन आमा ।

दशैं अनि तिहारमा आउने भइन आमा ।।

#माया / प्रेम