जंग बहादुर राणा

देश प्रति समर्पित


भत्किदै गएछन ईमनदारिता का पर्खाल हरू
अनि निमोठेर चुस्न थालेछन यि दलाल हरू

सर्बहारले छाक टार्न संघर्ष गर्नु पर्छ यो देशमा
फस्टाउदै जॉदा मानवता का अनिकाल हरू

उडाएर हावले तेरै राजधानि मा पुर्याई दिन्छ
बर्षौ पहिले मुटु चिर्दा बेरिएका त्रिपाल हरू

हाम्रा पनि दिन फर्किन्छ एक दिन बुझिराख
गरिब को घॉटि रेटेर पैसा पुज्ने कंगाल हरू

मलाई हुर्किउन मेरि आमाले भोको पेट खालि
खुट्टा र फाटो चोलिले काटिन कैयौ साल हरू

आज भोलि ऑशुले भिजेका हुन्छन चिनो भनि
उनै प्रियसि ले दिएका पछ्यौरि संगै रूमाल हरू

सहयात्रि
एस.के टंक कडायत
मेल्लेख गॉउपालिका शोडषा ६
अछाम

#अन्य